सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुर्तीजन्य  र मदिराजन्य पदार्थ जथाभावी बिक्री वितरण नगर्न आग्रह

२०८० वैशाख ७, ०८:१३ खबर संवाददाता

धनगढी: सुर्तीजन्य र मदिराजन्य पदार्थ जथाभावी बिक्री वितरण र विज्ञापन नगर्न आग्रह गरिएको छ।

सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन, जनस्वास्थ्य ऐन, बिज्ञापन ऐन, जनस्वास्थ्य नियमावली लगायत विभिन्न प्रचलित ऐन कानून विपरीत हुने काम नगर्न प्रादेशिक स्वास्थ्य प्रवर्धन केन्द्र र जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक अपिल गरेका हुन्।

सर्वाेच्च अदालतकाे अन्तरिम आदेश विपरीत विभिन्न सार्वजनिक स्थल, यातायात, विद्यालय, हाेटल, सेमिनार हल, बाटाे-घाटाे, सार्वजनिक कार्यालय, अस्पताल लगायत विभिन्न संचार माध्यमहरुमा सुर्तीजन्य र मदिराजन्य पदार्थहरुकाे प्रचारप्रसार नगर्न पनि आग्रह गरिएको छ।

यस्तै, १८ वर्ष मुनिका किशाेर किशाेरीहरुलाई सुर्तिजन्य तथा मदिराजन्य पदार्थकाे बिक्रि वितरण नगर्न र प्रचार सामग्री हटाउन आग्रह गरिएको छ। सार्वजनिक स्थान, संचार माध्यम, पत्रपत्रिकामा गैरकानूनी रुपमा बिज्ञापन र प्रचार प्रसार नगर्न  तथा जथाभावी बिक्रि वितरण नगर्न नगराउन हुन सम्बन्धित सबै सराेकारवालाहरुलाई जिल्ला प्रशासन कार्यालय कैलाली र प्रदेश स्वास्थ्य  प्रवर्धन केन्द्रले आग्रह गरेका छन्।

अन्यथा, अनुगमनका क्रममा साेहि बमाेजिम गैरकानूनी  क्रियाकलाप फेला परेमा कानून बमाेजिम कारबाही हुने  बताइएको छ।
 

कमेन्ट लोड गर्नुस