सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको बडिकेदार गाउँपालिकामा (विप्लव) माओवादीको तालाबन्दी

२०८० वैशाख ६, ०६:०८ खबर संवाददाता

धनगढीः डोटीको बडिकेदार गाउँपालिकामा तालाबन्दी गरिएको छ।

नेकपा (विप्लव) माओवादी निकट नेपाल कम्युनिस्ट पार्टी दक्षिण जिल्ला संगठन समिति डोटीले तालाबन्दी गरेको हो। उक्त समुहले यसअघि फागुन १५ गते विभिन्न १२ बुदेँ मागसहित ज्ञापनपत्र दिएको थियो। माग सम्बोधन नभएपछि दिपेन्द्र जेठाराको संयोजकत्वमा तालाबन्दी गरिएको हो।

उनीहरुले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण लगायत १२ माग अघि सारेका छन्। घटनाबारे बुझ्न प्रहरी टोली गाउँपालिका गएको र बाँकि विवरण घटनाको अध्ययन पछि मात्र थाहा हुने डोटी प्रहरीले जनाएको छ।


 

कमेन्ट लोड गर्नुस