बैतडीमा जिप दुर्घटना
२०८० वैशाख ६, ०३:३६
बैतडीः बैतडीमा जिप दुर्घटना भएको छ। मेलौलीबाट देहिमाण्डौतर्फ गइरहेको बा ७ च ३०५२ नम्बरको जिप सलेना–देहिमाण्डौको मलौली नगरपालिका–२ गेरडामा दुर्घटना भएको हो।
दुर्घटनाबाट चालक समान्य घाइते भएको प्रहरीले जनाएको छ। गाडीमा चालक मात्रै सवार रहेको बुझिएको छ।
उकालोमा गाडी नचढेपछि जिपमा सवार रहेकाहरुलाई उतारेर गुडीरहेको जिप एक्कासी पछाडी आएर दुर्घटना हुन पुगेको हो। जिप सडकबाट करिब १५ मिटर तल खसेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस