सुदूर नेपाललाई विश्वसँग जोड्दै

डेउडा गायक अन्तराम विष्टको छम छमला गीतको म्युजिक भिडियो सार्वजनिक

२०७५ चैत्र २३, १२:३३ खबर संवाददाता

आठ वर्ष पछि डेउडा संगितमा फर्किएका गायक अन्तराम विष्टको बहु प्रशिक्षित गीत छम छमलाको म्युजिक भिडियो सार्वजनिक भएको छ। विष्टले आफ्नो आधिकारिक युट्युब च्यानल मार्फत छम छमला चैतका चर्किला घाम बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। गायक विष्टले नै शब्द सिर्जना गरेको उक्त गीतमा भुवन प्रसाद बडुले लय दिएका छन् भने गायिका विमा कुमारी दुरा र स्वयंम विष्टले नै स्वर दिएका छन्। 

मासुम विष्टले निर्देशन गरेको म्युजिक भिडियोमा भुवन प्रसाद बडु र मनिषा रावलको मुख्य अभिनय रहेको छ। डेउडा संगितबाट ८ वर्ष भन्दा धेरै टाढा बस्न नसकेका गायक विष्ट गायिका हेमा मडैसंग गाएको ‘मै पुग्या समुद्र पारी’ बोलको गीतको म्युजिक भिडियो बनाएर केही समय पहिले मात्र डेउडा संगीतमा फर्किएका हुन्।  यस्तै मेला महोत्सवमा दर्शकले धेरै रुचाएको  "पैसा छन्ज्याको हर्क बहादुर विन्न पैसाको हर्क्या" बोलको गीत पनि पुनः रेर्कडिङ भइरहेको र "भण्या माण" बोलको गीत पनि चाडै युट्युब मार्फत सार्वजनिक गरिने विष्टले बताएका छन्। उक्त गीत नयाँ पुस्ताले रुचाउने किसिमले ल्याउने तयारी भएको उनको भनाई छ।  

 यो पनि पढ्नुस 

८ बर्षपछि डेउडा संगीतमा गायक अन्तराम विष्टको पुनरागमन   

म्युजिक भिडियोका लागि  

https://www.youtube.com/watch?v=sx-a-FxLnAI&feature=share

कमेन्ट लोड गर्नुस