सुदूर नेपाललाई विश्वसँग जोड्दै

८ बर्षपछि डेउडा संगीतमा गायक अन्तराम विष्टको पुनरागमन

२०७५ फाल्गुन २७, ०३:५३ जनक विष्ट

हाइ तेरा घोप्टे जुङ्गा, ओ तेरा घोप्टे जुङ्गा
मु सकी राखन्ना, तन तेरा घुम्रेला जुङ्गा।

डेउडा गायक अन्तराम विष्टलाई सम्झीदा सुरुमै उनले पुरुषको जुँगाको विषयमा गाएको घोप्टे जुङ्गा गीतको धेरैलाई सम्झना आउँछ। हुन त घोप्टे जुङ्गा बजारमा आउनु अगाडी पनि विष्टले डेउडा संगीतमा २ दशक बढि समय विताईसकेका थिए। सो अवधीमा उनले गाएका धेरै गीतहरु सुदूरपश्चिमेलीहरुका मन मष्तिस्कमा सेट छन्। तर नारी सौन्दर्यमा संसारकै उत्कृष्ट रचनाकारले गीत, कविता, कथा, गजल सृजना गरेका बेला पुरुषको बारेमा गाईएको घोप्टे जुङ्गा गीतले विष्टको ख्याती झनै बढाईदिएको थियो।  उक्त गीत २०६६ सालमा बर्षकै उत्कृष्ट गीत भएको थियो। 

तर कुनै समयका प्रख्यात गायक विष्ट अहिले कता हराए ? धेरैको मनमा जिज्ञसा होला। हुन पनि किन नहोस विष्टले डेउडा गीत रेकर्डीङ नगराएको पनि ८ बर्ष वितिसकेको छ। तर विष्ट डेउडा संगीतबाट ८ बर्ष भन्दा धेरै टाढा बस्न सकेनन्। गायिका हेमा मडैसंग गाएको ‘मै पुग्या समुद्र पारी’ बोलको गीतको म्युजिक भिडियो बनाएर गायक विष्ट डेउडा संगीतमा फर्किएका छन्। 

सुदूरपश्चिममा हुने मेला महोत्सवमा देखिएपनि ८ वर्षदेखि विष्टले गीत भने रेकर्डीङ गरेका छैनन्। विष्टले घोप्टे जुङ्गा बजारमा आएपछि सोही गीतको अहिले सम्म पनि चर्चा परिचर्चा हुँदै आएको र श्रोताले मन पराईदिएकाले ८ बर्ष वितेको पत्तै नभएको गायक बताए। तर विष्टले आफ्नो आधिकारिक युट्युब च्यानल मार्फत पुरानो गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक गर्दै डेउडा संगीतमा फर्किएको सन्देश श्रोता दर्शकलाई दिएका हुन्। 

गायक विष्टले फेसबुकमा गित शेयर गर्दैै भनेका छन्,‘ आदरणीय  गीत संगित प्रेमी मित्रहरु  लामो समयपछि मेरो स्वर भएको, साथमा हेमा मडै र कृष्णराज पन्तको कोसेली मै पुग्या समुद्र पारी मेरो युट्युब च्यानल अन्तराम विष्टमा सार्वजनिक भएको छ। सुनी र हेरी दिनु होला।’ गायक विष्ट र गायिका  मडैको स्वरमा रहेको उक्त गीतमा कृष्णराज पन्तको शब्द÷लय रहेको छ। कृष्णराज पन्त र मनिषा रावलको अभिनय रहेको गीतको निर्देशन मासुम विष्टले गरेका छन्। गायक विष्टले दिनेश खबरसँग कुरा गर्दै आफ्नै शब्द र स्वर रहेको छमछमला बोलको गीतको म्युजिक भिडियो पनि छायाङ्कन भइसकेकाले दुईसाता भित्रै युट्युबमा सार्वजनिक हुने बताए। 

त्यस्तै मेला महोत्सवमा दर्शकले धेरै रुचाएको पैसा छन्ज्याको हर्क बहादुर विन्न पैसाको हक्र्या बोलको गीत पनि पुनः रेर्कडिङ भइरहेको र भण्या माण बोलको गीत पनि चाडै युट्युब मार्फत सार्वजनिक गरिने जानकारी दिए। उक्त गीत नयाँ पुस्ताले रुचाउने किसिमले ल्याउने तयारी भएको उनले बताए। डेउडा गायक विष्टले स्रोता र दर्शकको मायाले फेरी सांगितीक क्षेत्रमा फर्किएको बताएका छन्। उनी कञ्चनपुरको गुलरीयामा अहिले एक नीजि विद्यालय पनि सञ्चालन गर्दै आएका छन्। 

गीतको भिडियोका लागी 

https://www.youtube.com/watch?v=XZ3v1D6zySs&feature=youtu.be&fbclid=IwAR...

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस