सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाउँपालिकामा सञ्चालित परियोजनाको पालिका सल्लाहकार समितिले ग¥यो अनुगमन

२०७९ चैत्र ३०, ०९:१९ खबर संवाददाता

धनगढीः युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोगमा ग्रामिण समुदाय विकास केन्द्र नेतृत्व आर.सि.डि.सि. द्वारा सञ्चालित ‘दिगो वातावरणका लागि जलवायु परिवर्तन प्रभाव न्यूनिकरण तथा अनुकुलन परियोजनाका कार्यक्रम अनुमगन गरेको छ।

बोगटान फुड्सिल गाउँपालिका पालिका स्तरीय परियोजना सल्लाहकार समितिका सदस्यहरु र सम्बन्धित सरोकारवालाहरुको संयुक्त टोलीद्धारा परियोजना अन्तर्गत मिति २०७९ भदौ देखी हालसम्म सम्पन्न भएका विभिन्न क्रियाकलापहरुको अनुगमन र निरिक्षण गरिएको छ।

उक्त अनुगमन कार्यक्रममा बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका स्तरीय परियोजना सल्लाहकार समितिका संयोजक समेत रहेका कमल बहादुर गड्सिला, गाउँपालिकाका उपाध्यक्ष विष्णा कुमारी बम सहित वडा नं–१, ४ र ७ का जनप्रतिनिधि तथा पालीका स्तरीय प्राविधिक, शिक्षा, पशु, शाखा प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

साथै यू.एम.एन. डोटी कलष्टरको तर्फबाट परियोजनाको परियोजना व्यवस्थापक लक्ष्मी अवस्थी,ग्रामीण समुदाय विकास केन्द्र डोटीको तर्फबाट अध्यक्ष हिक्मत बहादुर मल्ल तथा परियोजनाका कर्मचारीहरुको सहभागिता रहेको थियो। उक्त भ्रमण दुई टोली बनाई सम्पन्न भएको थियो। जसमा एउटा टोलीको नेतृत्व गाउँपालिका अध्यक्ष र अर्को टोलीको नेतृत्व (आर.सि.डि.सि.) का अध्यक्षले गरेका थिए।

उक्त अवलोकन भ्रमण टोलिले परियोजनाद्धारा वडा नं–१, ४ र ७ मा सञ्चालिन विभिन्न क्रियाकलापहरु जस्तै सुधारिएको पानी घट्ट, मुहान तथा नाउलो सुधार कार्यक्रम,गोठ सुधार, मौरी तथा बाख्रापालन सहयोग, सोलार वितरण गरिएका घरधुरीहरुमा स्थलगत भ्रमण, तरकारी खेती तथा करेसाबारी निर्माण सहयोग गरिएका घरधुरी, कर्कटेश्वर माध्यमिक विद्यालय मा निर्माण गरिएको खानेपानीको टयाङ्की, धारा, बगैँचा, वडा नं.–१ मा निर्माण गरिएको वगैचा, वडा नं. ४ मा सञ्चालन भईरहेको बास तथा निगालो सम्बन्धी ४५ दिने सीप विकास तालिम सञ्चालन भएको स्थलको समेत अवलोकन गरिएको थियो।

यसका साथै विभिन्न कृषक समुहसँग क्रियाकलापहरुको प्रभावकारीता र  छिडिखान बजार समिति सँग फोहोर मैला व्यवस्थापन  सम्बन्धी छलफल समेत गरेको थियो। भ्रमण सम्पन्न भएपछि अनुगमन टोलीका सदस्यहरुसँग गरिएको छलफल अनुसार भ्रमण टोलीका सदस्यहरुले परियोजनाद्धारा सञ्चालित सम्पूर्ण क्रियाकलापहरु लक्षित समुहसम्म पुगेका,प्रभावकारी हिसाबले सम्पन्न भएका र समुदायका लागी आवश्यक रहेका क्रियाकलापहरु नै छनोट भई सफलतापूर्वक सम्पन्न भएको पाइएको थियो। साथै भ्रमण टोलीका सदस्यहरुले कार्यक्रमलाई पालिकाको सम्पूर्ण वडाहरुमा समेत सञ्चालन गर्नु पर्ने सुझाव समेत दिएका थिए।

परियोजनाले आफ्नो सुरवाती समय देखी हालसम्म ३० वटा कृषक समुह, १५ वटा वन तथा पानी समुह, ९ वटा विद्यालयमा काम गर्दै आएको छ। परियोजनाको मुख्य क्षेत्र जलवायु सङ्कटासन्न समुदायको जीविकोपार्जन सुधारको लागी विभिन्न सीप तथा क्षमता विकाशका साथै वातावरण संरक्षण समेत रहेको छ।
 

कमेन्ट लोड गर्नुस