डोटीको सिलगढी–५ बालश्रम मुक्त वडा घोषणा
डोटीः डोटीको दिपायल सिलगढी नगरपालिका– ५ बालश्रम मुक्त वडा घोषणा भएको छ।
आगामी आर्थिक वर्षभित्र बालश्रम मुक्त नगर घोषणा गर्ने लक्ष्यका साथ २०७५ सालदेखि बालश्रम मुक्त अभियान सञ्चालन गरिरहेको नगरपालिकाले बुधबार बालश्रम मुक्त वडा घोषणा गरेको हो।
बालश्रम मुक्त वडा घोषणा गर्दै जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहले बालबालिकालाई श्रममा लगाउनु कानुनी रुपमा दण्डनीय र सामाजिक निन्दनीय भएको बताए। नगरपालिकाभित्र अझै पनि बाल श्रमिकहरु रहेको हुन सक्ने बताउदै सिंहले प्रभावकारी अनुगमन हुनुपर्ने बताए।