सुदूरपश्चिमलाई १८ लाख किताब आवश्यक, १३ लाख किताब धनगढी पुगे
धनगढीः सुदूरपश्चिम प्रदेशमा आवश्यकताअनुसार किताब ढुवानी नहुने समस्या छ। तर, यो वर्ष भने नयाँ शैक्षिक सत्रका लागि प्रदेशमा किताबको समस्या नहुने दाबी गरिएको छ।
प्रदेशका नौ वटा जिल्लाका विद्यार्थीका लागि १८ लाख किताब आवश्यक पर्ने अनुमान गरिएकोमा १३ लाख ढुवानी गरिएको हो। किताब छाप्ने जिम्मा पाएको जनक शिक्षा सामाग्री कम्पनीले सुदूरपश्चिमका लागि १३ लाख किताब ढुवानी गरेको हो। जनक शिक्षा सामाग्रीको बजार व्यवस्थापन शाखा प्रमुख चित्रकुमार आर्चायले प्रदेशका लागि आवश्यक किताब ढुवानी गरिएको बताए। उनले भने, ‘किताब वितरणको काम सुरु भएको छ। चाहिने किताब पठाएका छौ। धनगढी पुगेका छ। पाँच प्रतिशत किताब बाँकी होला। त्यो पनि हामी पठाउछौ।’
धनगढीसम्म १३ लाख किताब ढुवानी गरिएको हो। जनक शिक्षा सामाग्रीको धनगढीमा रहेको प्रादेशिक कार्यालयले चैत २६ गतेदेखि व्यापारीहरुलाई किताब बिक्री गर्न सुरु गरेको छ। प्रदेशको बाजुरा र दार्चुलाका विद्यार्थीका लागि आवश्यक किताब ढुवानी गरिएको छ। बुधवारदेखि अछाम र बझाङमा किताब ढुवानीको काम सुरु भएको जनक शिक्षा सामाग्रीको प्रादेशिक कार्यालयका प्रमुख ध्रुवराज पन्तले बताए। उनले भने, ‘ कुनै ५० हजार सेट, कुनै ६० हजार सेट गरेर १८ लाख किताब आवश्यक हुन्छ। १३ लाख किताब आएका छन्। हामीले बिक्री थालेका छौ।’
सुदूरपश्चिमका विद्यालयलाई किताब बिक्रीका लागि दुई सय ८५ व्यापारीले अनुमति लिएका छन्। व्यापारीहरुले धनगढीबाट किताब ढुवानी गर्ने छन्। धनगढीबाट विद्यालयसम्म किताब ढुवानी गर्ने जिम्मा व्यापारीहरुको हो। प्रदेशका नौ वटै जिल्लाका व्यापारीका लागि फरक फरक मितिमा किताब ढुवानीको तालिका बनाइएको छ। वैशाख दोस्रो सातासम्म प्रदेशका सबै जिल्लामा किताब ढुवानी गरी सक्ने लक्ष्य रहेको छ। नौ जिल्लाको किताब वितरणको तालिका रहेको पन्तले बताए।
सुदूरपश्चिममा १८ लाख बढी किताब आवश्य भएपनि १३ लाख मात्र ढुवानी गरिएको हो। प्रदेशमा पाँच लाख किताब अझै कम छन्। तर धनगढीको गोदाम खाली भए थप किताब ढुवानी हुने दाबी जनक शिक्षाको छ।
सुदूरपश्चिम प्रदेशमा नयाँ शैक्षिक सत्रका लागि १८ लाख किताब आवश्यक पर्ने अनुमान गरिएको छ। प्रदेशका नौ जिल्लाका लागि १८ लाख किताब आवश्यक पर्ने अनुमान गरिएकोमा १३ लाख किताब धनगढी पुगेका छन्। जनक शिक्षा सामाग्री कम्पनीको प्रादेशिक कार्यालयसम्म १३ लाख किताब पुगेका हुन्।
प्रादेशिक कार्यालयले चैत २६ गतेबाट किताब बिक्री सुरु गरेको छ। प्रदेशका हिमाली तथा पहाडी जिल्लाहरुमा किताब ढुवानी थालिएको हो। प्रादेशिक कार्यालयका अनुसार बाजुरा र दार्चुलामा किताब ढुवानीको काम सकिएको छ। अछाम र बझाङमा बुधवारदेखि किताब ढुवानीको काम सुरु भएको छ।