सुदूर नेपाललाई विश्वसँग जोड्दै

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज

२०७९ चैत्र २६, ०९:२४ खबर संवाददाता

काठमाडौं: क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदैछ। जिल्ला अदालत काठमाडौँले आजका लागि मुद्दाको पेसी तोकेको हो। अघिल्लो साता पालो नपाएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन। सो मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने सम्भावना छ।

 पुस २९ मा लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए। उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालले पाँच बुँदे सर्तसहित उनलाई रिहा गर्न आदेश दिएका थिए। उच्च अदालतले जिल्ला अदालत काठमाडौँले गरेको पुर्पक्षका लागि थुनामा पठाएको आदेश बदर गरेको थियो।

सर्वोच्च अदालतले लामिछानेलाई अदालतलाई जानकारी गराएर विदेशमा खेल्न जान अनुमति दिएको थियो। अब, उनको मुद्दामा जिल्ला अदालतबाट अन्तिम सुनुवाइ हुँदैछ। परिवर्तित नाम गौशाला–२६ ले उनीविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन्।

कमेन्ट लोड गर्नुस