ओलम्पिक छनोट : आज नेपाल र भियतनाम भिड्दै
काठमाडौं: पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गत एसिया छनोटको पहिलो चरणको दोस्रो खेलमा नेपालले आज शनिबार भियतनामसँग प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु टोली नेपालले बलियो राष्ट्र भियतनामसँग खेल्नेछ। नेपाल र भियतनामबीचको खेल साँझ ६ बजे सुरु हुनेछ।
नेपाल आज भियतनामलाई हराउने योजनामा हुनेछ । तर, भियतनामलाई हराउँन सहज हुनेछैन। यता, भियतनाम पनि नेपाललाई दोस्रो खेलमा समेत हराउँन चाहन्छ । भियतनाम नेपाललाई हराएर दोस्रो चरणमा पुग्न चाहन्छ। दशरथ रंगशालामै भएको पहिलो खेलमा नेपाललाई भियतनामले ५–१ गोल अन्तरले हराएको थियो। भियतनाम आज उक्त जितलाई कायम राख्न चाहन्छ। यता, नेपाल भने पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ।
नेपालका मुख्य प्रशिक्षक अनन्त राज थापाले दोसो खेलमा पहिलो खेलमा गरेको गल्तीहरु सुधार गर्ने बताएका थिए। छनोटको समूह ’सी’ मा नेपाल र भियतनामले मात्र प्रतिस्पर्धा गरिरहेको छ। प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यस समूहमा नेपाल र भियतनाम मात्र रहेको हो। समग्रमा अघि रहने टोलीले यस समूहबाट दोस्रो चरणमा स्थान बनाउने छन्।