सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको एक घरभित्र बाघ पसेपछि...

२०७९ चैत्र २१, ०२:१२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमको पहाडी जिल्ला डोटीको एक घरभित्र बाघ (चितुवा) पसेको छ।

जिल्लाको सायल गाउँपालिका–५ पटकानी टोलको देबबहादुर बोगटी (एक्वार धामी )को घरमा बाघ घरभित्र पसेको हो। बाघ घरभित्रै पसेपछि गाउँमा त्रास बढेको छ।

घरभित्र पसेको बाघ नियन्त्रणमा लिन अहिले डिभिजन वन कार्यलय डोटीको टोलि घटनास्थल गइरहेको बताइएको छ। बाघ गाउँमा प्रवेश गरेर घरभित्रै पसेपछि गाउँमा त्रास बढ्नुका साथै गाउँलेहरुको भागभाग परेको छ। अहिलेसम्म बाघले कुनै मानवीय क्षति भने नगरेको बताइएको छ।

कमेन्ट लोड गर्नुस