डिजेल, मट्टितेल र हवाई इन्धनको प्रतिलिटर १० रुपैयाँ घट्यो
काठमाडौंः नेपाल आयल निगमले सोमबार मट्टितेल र डिजेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएको छ भने पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको छ।
निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको हो। भारतीय आयल कर्पोरेसन (आईओसीबाट मूल्य घटेर आएसँगै निगम सञ्चालक समितिले इन्धनको मूल्य घटाउने निर्णय गरेको छ।
मूल्य घटेसँगै पेट्रोलको प्रतिलिटर १ सय ७५ रुपैयाँ, डिजल र मट्टीतेलको प्रतिलिटर १ सय ६५ रुपैयाँ बिक्री मूल्य कायम गरिएको छ। आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर १ सय ६० रुपैयाँमा बिक्री हुनेछ।