सुदूर नेपाललाई विश्वसँग जोड्दै

तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप भोलिबाट सुरु हुने

२०७९ चैत्र २०, ०८:३४ खबर संवाददाता

कैलालीः कैलालीको गौरीगंगा नगरपालिकामा भोलीदेखि जगशक्ती गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप २०७९ आयोजना सुरु हुनेभएको छ।

जगशक्ती गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप २०७९ को तयारी पुरा भएको आयोजकले जनाएको छ। ‘खेलौ फूटबल रमेर, खेलकुदको संन्देश, शान्ति स्थायीत्व र एकताबद्ध देश’ भन्ने मुल नाराका साथ गौरीगंगा–११ स्पोर्टस क्लबको आयोजनामा हुने सुदुरपश्चिम गौरीगंगा गोल्डकपको तयारी पुरा भएको आयोजकले सोमबार पत्रकार सम्मेल गर्दै जानकारी दिएको हो।

प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्न कार्य तय भएको छ। उद्घाटन खेलमा आयोजक गौरीगंगा ११ स्पोर्टस क्लब र डोटी जिल्लाको टीम भिड्ने भएका छन। प्रतियोगिता चैत ३० गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ। आयोजक गौरीगंगा–११ सँगै कैलाली, कञ्चनपुर, डोटी, बाजुरा, बांके, बर्दिया, नवलपरासी जिल्लाका टीमहरुका साथै नेपाल पुलिस र शसस्त्र प्रहरी बलको टीमको सहभागीता रहेको आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेतालाई ट्रफी सहित नगद ४ लाख र उपविजेतालाई ट्रफी सहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ। यस्तै सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार,सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रुपमा ट्रफी सहित नगद १० हजार पुरस्कार दिइने छ। प्रतियोगिताको ‘म्यान अफ द म्याच’ लाई ट्रफी सहित नगद ५ हजार प्रदान गरिने क्लबका अध्यक्ष दिनेश कलेलले बताए। 

कमेन्ट लोड गर्नुस