सुदूर नेपाललाई विश्वसँग जोड्दै

थ्री स्टार क्लवले जित्यो खप्तड गोल्डकपको उपाधि

२०७९ चैत्र १८, ०८:१३ खबर संवाददाता

धनगढीः छैठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि थ्री स्टार क्लवले जितेको छ।

कैलालीको धनगढीस्थित क्षेत्रिय रंगशालाको खेलमैदानमा शनिबार भएको फाइनलमा अघिल्लो संस्करणको विजेता मनाङ मस्र्याङ्दी क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो। थ्री स्टारलाई उपाधि दिलाउन ब्रिकम लामा र अनिल महर्जनले गोल गरे। खेलको ७३ औं मिनेटमा अनिल महर्जनले फ्रि किक मार्फत थ्री स्टारलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको इन्जुरी समयमा बिक्रम लामाले हेड गोल गर्दै थ्री स्टारको जित सुनिश्चित गरे। फाइनल खेलको ‘एसपीए म्यान अफ दि म्याच’ थ्री स्टारका अनिल महर्जन चुनिए। उनले १० हजार पुरस्कार पाए। उपाधिसंगै थ्री स्टारले २१ लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको मनाङले १० लाख रुपैयाँ पाएको छ। विधागत तर्फको पुरस्कारमा समेत थ्री स्टारको वर्चश्व रह्यो।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी थ्री स्टारका कप्तान बिक्रम लामा बने। उनले नगद एक लाख रुपैयाँ पुरस्कार पाए। यस्तै उत्कृष्ट गोलरक्षक थ्री स्टारका मोहम्मद ताहा रहे। उत्कृट डिफेन्डर थ्री स्टारका पिटर सेगुन, उत्कृष्ट  प्रशिक्षक थ्री स्टारका मेघराज केसी रहे। यस्तै उत्कृष्ट मिडफिल्डर मनाङका विशन गुरुङ र सर्वाधि गोलकर्ता मनाङका सायीजमल घोषित भए। विधागत तर्फका उत्कृष्टले जनही १५ हजार रुपैयाँ प्राप्त गरे।No description available.

सुदूरपश्चिम–११ का दिपेन्द्र मलासी उदयमान खेलाडी चुनिए। उनले २५ हजार रुपैयाँ पुरस्कार पाए। सुदूरपीश्चम प्रदेश सरकार मुख्य प्रवद्र्धक रहेको यस प्रतियोगितालाई सुदूरपश्चिम–११ खस्पोर्ट्स क्लबले आयोजना गरेको हो। प्रतियोगिताको समापन समारोहका मुख्य अतिथि प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले विजेतालाई नगद र ट्रफी प्रदान गरेका थिए। उनले प्रदेश सरकारको नियमित कार्यक्रमका रुपमा यस प्रतियोगितालाई लगिने बताएका थिए।

आयोजक क्लवका अध्यक्ष सुरेश हमालले प्रतियोगितालाई भव्यताका साथ सफल बनाउने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका थिए।

कमेन्ट लोड गर्नुस