सुदूर नेपाललाई विश्वसँग जोड्दै

१६औँ सँस्करणको आईपीएलको पुरस्कार राशि २० करोड

२०७९ चैत्र १८, ०५:०३ खबर संवाददाता

एजेन्सीः १६ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) शुक्रबारबाट भारतमा सुरु भएको छ।

लिगमा साविक विजेता गुजरात टाइटन्ससहित विभिन्न १० टिमको सहभागिता रहेको छ। आईपीएल विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज्ड क्रिकेट प्रतियोगिताको रुपमा लिने गरिएको छ। खेलाडीले पाउने पारिश्रमिक पनि चर्चाको विषय बन्ने गरेको छ।

आईपीएल आयोजकले जनाए अनुसार यस पटकको विजेताले २० करोड भारतीय रुपैयाँ पाउने भएको छ। त्यसैगरी, उपविजेताले १३ करोड पाउनेछ। तेस्रो र चौथो हुने टिमले समान ७–७ करोड हात पार्ने छन्।

इमर्जिङ खेलाडीले २० लाख, सर्वाधिक रन बनाउने, सर्वाधिक विकेट लिने तथा सुपर स्ट्राइकरले समान १५–१५ लाख पाउनेछन्। पावर प्लेयर, गेम चेन्जर र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीले समान १२–१२ लाख पाउने भएका छन्।
 

कमेन्ट लोड गर्नुस