सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

२०७९ चैत्र १६, १२:१० खबर संवाददाता

धनगढीः कैलालीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु् भएको छ। गोदावरी नगरपालिका–१ मनहरा सडकमा धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको से.५ प ४६८४ नम्बरको स्कुटर  बुधबार राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुर्घटना हुँदा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का ५० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको प्रहरीले बताएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको पदमा अस्पताल अत्तरियामा उपचार सम्भब नभएपछि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस