कैलालीमा हाट बजार व्यवस्थापनका लागि सामाग्री वितरण

धनगढीः कैलालीमा हाट बजार व्यवस्थापनका लागि सामाग्री वितरण गरिएको छ। जिल्लाको गौरीगंगा, घोडाघोडी, भजनी नगरपालिका र कैलारी गाउँपालिकाका १७ जना उत्पादन समूहका सदस्यहरुलाई सामाग्री वितरण गरिएको हो।
दिगो विकास समाज भजनी कैलाली र वल्र्ड भिजन इन्टरनेशनल नेपाल कैलालीको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाले ती सामाग्री वितरण गरेको हो। प्रतिव्यक्ति ५ हजार ५ सय ५० रुप्या बराबरको सामाग्री वितरण गरिएको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाको अधिकृत प्रभु ढकालले जानकारी दिए।
उनीहरुलाइ प्लास्टिक क्रेट, डिजिटल तराजु र त्रिपाल वितरण गरिएको उनले बताए। हाट बजारमा आफुले उत्पादन गरेका वस्तु नियमित रुपमा बिक्री गरेर हाट बजार व्यवस्थापन गरिने, जीविकोपार्जन गरेर आर्थिक आम्दानी वृद्धि गरेरे वाल संवृद्धि ल्याउने उद्देश्यले कृषि सामाग्री वितरण गरिएको उनलले बताए।

