सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा ‘डी म्याक्स’ कार खरिदमा भ्रष्टाचार, पूर्व पदाधिकारी विरुद्ध उजुरी

२०७९ चैत्र १५, ०६:४३ खबर संवाददाता

धनगढीः बझाङमा एक करोड बढीको भ्रष्टचारा भएको भन्दै अख्तियारमा उजुरी परेको छ।

जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाका पूर्व जनप्रतिनिधि, कर्मचारी तथा संघसंस्थाले विभिन्न समयमा आर्थिक अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी दर्ता भएको हो। एक करोड चार लाख ७० हजार ७ सय २६ रुपैयाँ भ्रष्टाचार भएको भन्दै अनुसन्धान र कारबाहीका लागि अख्तियारमा उजुरी परेको छ।

गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा एक थान सवारी साधन खरिदका लागि बोलपत्रमार्फत सुजुकी ‘डी म्याक्स’ कार खरिदको थियो। गाडी खरिदका लागि पायोनर मोयोकपसँग मूल्य अभिवृद्धि करसहित ७२ लाख ९ हजारमा सम्झौता गरेको थियो। उक्त कम्पनीसँग आर्थिक वर्ष २०७४/०७५ मा मूल्य अभिवृद्धि कर तिरेको प्रमाणपत्र नभएपछि ७४ लाख ८० हजार ७ सय ८६ रुपैँयामा धनगढीको किसान ट्रेडिङ्गसँग २०७६ मा सम्झौता गरिएको थियो।

सार्वजनिक खरिद नियमावलीको आवश्यक प्रक्रिया पूरा नगरेको तथा उक्त सवारी साधनको मूल्य नखुलेको निवेदनमा उल्लेख छ। खरिद गरिएको सवारी साधनको मूल्य बजारमा ६० लाख रहेकाले १५ लाख बराबर भ्रष्टाचार गरेको निवेदनमा उल्लेख छ। सवारी साधनको लागत तयार अनुमान गर्दा सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११ मा तोकिए बमोजिम दर विश्लेषणको आवश्यक प्रक्रिया अपनाई लागत अनुमान तयार गरेको समेत नदेखिदा सवारी साधनको यर्थात मूल्य खुलेको छैन।

कमेन्ट लोड गर्नुस