सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश सभामा सरसफाइ गर्नेलाई निः शुल्क नास्ता वितरण

२०८२ असोज २, ०६:४२ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेश सभामा सरसफाइ गर्नेहरूलाई निःशुल्क नास्ता वितरण गरिएको छ।

जेन–जी पुस्ताको आन्दोलनका क्रममा तोडफोड र आगनजी भएको प्रदेश सभामा सरसफाइ गर्ने ७० जना युवाहरूलाई निःशुल्क नास्ता को व्यवस्था गरिएको हो।

धनगढीको घटाल इन्टरप्राइजेज र हाइजेनिक रेस्टुरेन्टले निःशुल्क नास्ता खुवाएको हो। घटाल इन्टर प्राइजेजका सञ्चालक निरज महताले आफ्नै खर्चमा नास्ता वितरण गरेको बताए। उनले जेन–जी पुस्ताको आन्दोलनले देश नयाँ बाटोमा गएको बताए। युवाहरूलाई आफूहरूले सहयोग गर्न चाहेको तर्क उनको छ।

 

कमेन्ट लोड गर्नुस