सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा हुने नारी साहित्य सम्मेलनमा प्रधानमन्त्री नआउने 

२०७९ चैत्र १०, ०९:४४ खबर संवाददाता

धनगढीः धनगढीमा आजबाट सुरुहुने विश्व नेपाली नारी साहित्य सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड नआउने भएका छन्। आजबाट १३ गतेसम्म आयोजना हुने महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको थियो। तर, प्रधानमन्त्री नआउने भएपछि प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले महोत्सवको उद्घाटन गर्ने भएका छन्।

दिउँसो १२ बजे सुदूरपश्चिम साहित्य समाजको प्राङ्गणमा महोत्सव उद्घाटन हुने अध्यक्ष तीर्थराज पाण्डेयले बताए। आयोजक सुदूरपश्चिमाञ्चल साहित्य समाजले बुधवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चैत्र १० देखि १३ गतेसम्म सञ्चालन हुने नारी साहित्य सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड धनगढी आउन लागेका बताएको थियो।

विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भुटान, म्यानमार लगायतका देशहरूबाट दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागीता रहने साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले पत्रकार सम्मेलनमा बताए। सम्मेलनमा विलक्षण प्रतिभाशाली बालिका प्रिन्सा रेग्मी, स्थापित समाजसेवी अनुराधा कोइराला, मधेसका मुर्धन्य साहित्यकार राजेन्द्र विमल, गजलकार तिलक पेला, अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम विश्वकर्मा (अमेरिका) पनि सहभागी हुने जनाइएको छ। समारोहमा विलक्षण साहित्यिक प्रतिभा झमक घिमिरेलाई सम्मान गरिने छ।
 

कमेन्ट लोड गर्नुस