सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–दीपायल फास्ट ट्रयाकमा रुख कटानीको फाईल अगाडी नबढाउन निर्देशन

२०७५ चैत्र २०, १०:५४ नवराज पनेरु

संघीय वन मन्त्रालयले धनगढी–दीपायल द्रुत मार्गमा रुख कटानीको फाईल अगाडी नबढाउन निर्देशन दिएको छ। वन मन्त्रालयले वन विभागलाई यस्तो निर्देशन दिएको संघीय वन मन्त्रालयका प्रवक्ता सिन्धु ढुङगानाले बताए।

सडक क्षेत्रमा पर्ने अधिकासं रुखहरु वातावरणीय प्रभाव मुल्याङकन र कटानी आदेश विना नै काटिएको फेला परेपछि द्रुत मार्गमा रुख कटानीको आदेश अगाडी नबढाउन निर्देशन भएको उनले जानकारी दिए। रुख कटानीको फाईल वन मन्त्रालयमा राखिएकोमा अवैध तरिकाले रुख काटेको फेला परेपछि उक्त विषय टुङगो नलागे सम्म कटानीको फाईल अगाडी नबाउन निर्देशन दिदै फाईल विभागलाई फिर्ता पठाईएको छ। 

सडक क्षेत्रमा कैलाली तर्फ ७ सय ७९ वटा रुखहरु काट्न पर्ने देखिएकोमा आयोजना कार्यालय र निर्माण व्यवसायीले वातावरणीय प्रभाव मुल्याङकन र कटानी आदेश विना नै धेरै रुख काटेका छन्। अहिले सव डिभिजन वन कार्यालय अत्तरियाले सो विषयमा छानविन गरिरहेकाले छानविनपछि आयोजना कार्यालयले क्षतीपुर्ती दिनुपर्ने माग वन डिभिजन कार्यालय कैलालीका प्रमुख अमर बुलनको भनाई छ।

सो अवधी भर रुख कटानीको फाईल अगाडी नबढाउने निर्देशन आएको उनले जानकारी दिए। पहिले गरिएको वातावरणीय प्रभाव मूल्याङकनमा ऋुटी भेटिएपछि पुरुक वातावरणीय प्रभाव मुल्याङकनको कार्य सुरु गरिएको थियो र बल्ल सम्पन्न भएको छ। रुख कटानीको आदेश भने अहिले सम्म आयोजना कार्यालयले पाएको छैन्। 

यो पनि पढ्नुहोस :

कटानी आदेश विना नै धनगढी–दीपायल द्रुत मार्गमा पर्ने सयौँ रुख गायव

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस