सुदूर नेपाललाई विश्वसँग जोड्दै

कटानी आदेश विना नै धनगढी–दीपायल द्रुत मार्गमा पर्ने सयौँ रुख गायव

२०७५ चैत्र २०, ०७:१० नवराज पनेरु

लामो समयदेखि अलपत्र परेको धनगढी –दिपायल द्रुत मार्गमा एकपछि अर्को अवरोध खडा हुन थालेको छ। एकवर्ष सम्म रुख कटानीको आदेश पाईएको छैन् भने पटक–पटक स्वामित्व विवाद हुँदै आएको छ। तर सडक क्षेत्रमा पर्ने अधिकासं रुखहरु वातावरणीय प्रभाव मुल्याङकन र कटानी आदेश विना नै काटिएको फेला परेपछि द्रुत मार्गको निर्माण थप अन्यौलमा परेको छ। सडक क्षेत्रमा कैलाली तर्फ  सात सय ७९ वटा रुखहरु काट्न पर्ने देखिएको छ। तर पहिलो गरिएको वातावरणीय प्रभाव मूल्याङकनमा त्रुटी भेटिएपछि पुरक वातावरणीय प्रभाव मुल्याङकनको कार्य सुरु गरिएको थियो। तर सडक क्षेत्रमा पर्ने अधिकासं रुखहरु काटिएको फेला परेपछि रुख कटानीको विषय किनारा नलागे सम्म कुनै प्रक्रिया अगाडी नबढाउन संघीय वन मन्त्रालयले आदेश नै गरेको छ।

संघीय वन मन्त्रालयका प्रवक्ता सिन्धु ढुङगाना, धनगढी दिपायल द्रुत मार्गमा साविकको आयोजना कार्यालय र निर्माण कम्पनीले अवैध रुपमा रुख काटेको फेला परेपछि रुख कटानीके फाईल अगाडी नबढाउन वन विभागलाई निर्देशन दिईएको बताए। सडक निर्माणका लागि रुख काट्न सुरुमा वातावरणीय प्रभाव मुल्याङकन र त्यसपछि रुख कटानीका लागि मन्त्रीपरिषद्को निर्णय अनिवार्य हुन आवश्यक छ। तर धनगढी दिपायल द्रुत मार्गमा वातावरणीय प्रभाव मुल्याङकन र रुख कटानीको आदेश विना रुख काटिएको फेला परेपछि आयोजनाको निर्माण झनै अन्योलमा पर्ने देखिएको जिल्ला वन कार्यालयका प्रमुख भईसक्नुभएका वन विभागका उपमहानिर्देशक राजेन्द्र केसीले बताए। वन डिभिजन कार्यालय कैलालीका अनुसार धनगढी दिपायल द्रुतमार्ग अन्तरगत कैलालीको खण्डमा सात सय ७९ वटा रुख काट्न पर्ने देखिएको छ।

विभिन्न सामुदायिक र राष्ट्रिय वन क्षेत्रमा रहेका रुख काट्नका लागि आयोजना कार्यालयले सुरुमा वातावरणीय प्रभाव मुल्याङकन गरेको थियो। तर त्यस्मा त्रुटी भेटिएपछि पुरक वातावरणीय प्रभाव मुल्याङकनको कार्य सुरु गरिएको थियो। तर त्यस्को प्रतिवेदन नआउँदै र रुख कटानीको आदेश नपाउँदै सात सय ७९ मध्ये अधिकासं रुख काटिएको फेला परेको छ। अहिले वन मन्त्रालयको आदेशपछि जिल्ला वन डिभिजन कार्यालय कैलालीले छानविन सुरु गरेको   वन डिभिजन कार्यालय कैलालीका प्रमुख अमर बुलनले जानकारी दिए। वन डिभिजन कार्यालय कैलालीका अनुसार अहिले सव डिभिजन वन कार्यालय अत्तरिया कैलालीले द्रुत मार्गमा अवैध रुपमा काटिएका रुखको लगत संकलन गरिरहेको छ।

लगत संकलनपछि आयोजना कार्यालय र निर्माण कम्पनीलाई क्षतीपुर्ती तिराउनका लागि आग्रह गरिने छ। सो अवधिभर वन विभागमा थन्किएको रुख कटानीको फाईल अगाडी नबढाउन वन मन्त्रालयले निर्देशन दिईसकेको छ। धनगढी दिपायल द्रुत मार्गको आयोजना प्रमुख राजेन्द्र शाह हुँदा अवैध रुपमा रुख काटिएको वन कार्यालयले जनाएको छ। तर तत्कालीन आयोजना प्रमुख शाहले भने पहिले पनि आयोजनाको वातावरणीय प्रभाव मुल्याङकन भएकाले रुख काटिएको बताएका छन्।

तर वातावरणीय प्रभाव मुल्याङकनको प्रतिवेदन नै गलत भईसकेकाले रुख कटानीको आदेश नमाग्दै रुख काट्न नमिल्ने तर्क वनको रहेको छ। धनगढी–दिपायल द्रुत मार्गमा सुरुङ मार्ग बनाउने बजेट भाषणमा उल्लेख भएपनि झण्डै एक वर्षदेखि रुख कटानीको फाईल अड्किएको छ। कैलालीसंगै डोटीबाट सडक क्षेत्रमा पर्ने एक हजार ६१ रुख काट्न अनुमति लिनु बाँकी छ। तर पहिले काटिएका रुखको विषयमा छानविन नभए सम्म रुख कटानीको आदेश पाउने सम्भावना कम हुँदै गएको छ। त्यसैमा रुख कटानीको फाईल अगाडी बढाउन पहल गर्ने निकाय समेत नरहेको जिल्ला वन कार्यालयका प्रमुख भईसकेका वन विभागका उपमहानिर्देशक राजेन्द्र केसीले बताए।
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस