सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियाका युवा साउँदको म्युजिक भिडियो ‘सब बेकार’ सार्वजनिक

२०७९ चैत्र ८, ०५:२६ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियाका युवा टेरेन्स साउँदको म्युजिक भिडियो ‘सब बेकार’ सार्वजनिक गरिएको छ।

गोदावरी नगरपालिका–३ का युवा टेरेन्सको यो तेस्रो म्युजिक भिडियो हो। ‘सब बेकार’ बोलको म्युजिक भिडियो उनले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेका छन। दिपेश खतिवडीको स्वर रहेको सो भिडियो पछिल्लो समय कुलतमा फसीरहेका युवाहरुलाई लक्षित गरेर निर्माण गरिएको हो। कुलतका कारण परिवारबाट टाढिएको युवाले सानो–सानो रकम जम्मा गरी बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिरहेको म्युजिक भिडियोमा देख्न सकिन्छ।

मालाखेतीमा रहेको भजनदेवी एकेडेमीका सञ्चालक समेत रहेका साउँदले युवापुस्तामा कुलतको नकारात्मक प्रभावका समाजमा परेको असरका बारेमा सचेतना फैलाउने उद्देश्यले यस प्रकारको म्युजिक भिडियो निर्माण गरिएको बताए। धनगढी, अत्तरिया आसपासका क्षेत्रमा छायांकन गरिएको सो भिडियोमा प्रोड्युसर समेत रहेका टेरेन्स साउँद आफैले अभियन गरेका छन। सो भिडियो ग्रिन ग्राफिक्स मल्टिमिडियाले निर्माण गरेको हो।

कमेन्ट लोड गर्नुस