सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदीप र दीयाले जिते उत्कृष्ट अभिनेता अभिनेत्री अवार्ड

२०७९ चैत्र ८, ०७:२७ खबर संवाददाता

काठमाडौं: अभिनेता प्रदीप खड्का र अभिनेत्री दीया मास्केले उत्कृष्ट अभिनेता अभिनेत्रीको अवार्ड जितेका छन्। छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा यी दुईले चलचित्र प्रकाशबाट उत्कृष्ट अभिनेता अभिनेत्रीको अवार्ड जितेका हुन्। चैत २ गतेदेखि सुरु भएको छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अवार्ड प्रदान गर्दै सोमबार राति सकिएको छ।

नेपाली फिल्मतर्फ ‘ऐना झ्यालको पुतली’लाई उत्कृष्ट घोषणा गर्दै सम्पन्न भएको छ। महोत्सवमा अन्तर्राष्ट्रिय फिचर फिल्मको अवार्ड अ हाउस विथ नो नेम ः पाताल घर (बंगलादेश)ले, यस्तै, उत्कृष्ट छायांकनको अवार्ड राजेश श्रेष्ठ (प्रकाश)ले, उत्कृष्ट पटकथा र निर्देशकको अवार्ड सुजित बिडारी (ऐना झ्यालको पुतली)ले पाए।

ऐना झ्यालको पुतलीबाटै रामकृष्ण पोखरेले उत्कृष्ट निर्माताको अवार्ड जिते। यस्तै, महोत्सवमा सर्टफिल्म निर्देशकको अवार्ड फिल्म दुविधाबाट प्रद्युम्न मिश्रले उत्कृष्ट सर्टफिल्मको अवार्ड मिन्सो लिम्बूको सर्ट फिल्म जुन्कोले, अन्तर्राष्ट्रिय सर्ट फिल्मको अवार्ड इरानको फिल्म द बुकले, एनिमेटेड ससर्ट फिल्मको अवार्ड द लिजेन्ड अफ गोल्डहन (स्लोभेनिया)ले प्राप्त गर्‍यो।

राष्ट्रिय वृत्तचित्रको अवार्ड कमल कुमारको द टाइगर्सले, उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्रीको अवार्ड इन्डोनेसियाको सोल्स अफ द फरेस्ट र उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मको अवार्ड बंगलादेशको मेमोरिज अफ ग्लुमी मनसुन्सले हासिल गर्‍यो।

कमेन्ट लोड गर्नुस