सुदूर नेपाललाई विश्वसँग जोड्दै

थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चालले गरे संसद् विघटन

२०७९ चैत्र ६, ०४:४४ खबर संवाददाता

एजेन्सीः थाइल्याण्डको संसद् सोमबार विघटन गरिएको छ।

प्रधानमन्त्री प्रयुत चान–ओ–चाले देशको संसद् विघटन गरेको त्यहाँको उच्च सरकारी स्रोतले जनाएको छ। निर्वाचनको घोषणासँगै सन् २०१४ मा प्रयुतले सत्ता सम्हालेपछि थाइल्याण्डमा दोस्रो पटक निर्वाचनका हुन लागेको हो । संसद् विघटन र निर्वाचनको मिति घोषणाको तयारीबारे थाइल्याण्डको राजपत्रमा प्रकाशित सूचनामा सोमबार उल्लेख गरिएको छ।

सन् २०१४ को चुनावमा सत्तामा आएका पूर्व सेना प्रमुख प्रयुतले एक दशकको निर्वाचनपछि स्वदेशमा फर्किएका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी अर्बपति छोरीसँग प्रतिस्पर्धा हुनेछ। सोमबार राजपत्रमा प्रकाशित एक विज्ञप्तिमा विघटनको घोषणा गरिएको र निर्वाचन आयोगले मतदानको मिति पछि पुष्टि गर्नेछ। निर्वाचन गर्ने सम्भावित मितिका रूपमा मे ७ वा १४ लाई हेरिएको छ।

कमेन्ट लोड गर्नुस