सुदूरपश्चिमका ज्ञानेन्द्रको अभिनय रहेको गीत सार्वजनिक
धनगढीः सुदुरपश्चिमका मोडेल ज्ञानेन्द्र खडकाको अभिनित रहेको गीत सार्वजनिक भएको छ। ‘तिमिलाई चिन्न सकिन’ बोलको गीत सार्वजनिक भएको हो।
गीतमा उनीसँग रिया साउँदले अभिनय गरेकी छन्। गीतमा गायक प्रमोद खरेलको स्वर छ।
भिडियोको निर्देशन प्रकाश मल्लले गरेका हुन्। म्युजिक भिडियोको छायांकन कैलालीका विभिन्न ठाउँमा गरिएको छ। ज्ञानेन्द्र अत्तरियाका व्यवसायीसमेत हुन्। अत्तरियामा उनको बडिमालिका रि–कन्डिसन हाउस रहेको छ। खड्काले अब आफू अभिनय क्षेत्रमा निरन्तर लाग्ने बताएका छन्।




