सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लोक गायन प्रतियोगिता हुने

२०७९ चैत्र १, ०७:१२ खबर संवाददाता

धनगढी : धनगढीमा लोक गायन प्रतियोगिता हुने भएको छ। राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान सुदुरपश्चिम र सामाजिक बिकास मन्त्रालयकोे समन्वय तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको सहयोगमा धनगढीमा चैत्र ४ गते प्रदेशस्तरीय एकल लोक गायन प्रतियोगिता हुने भएको हो।

‘नव प्रतिभाको पहिचान, लोक संस्कृती संरक्षणकालागी हाम्रो अभियान’ भन्ने नारासहित प्रदेशभरीकै लोककला संरक्षण र पर्यटन प्रबद्र्धन गर्न प्रदेशस्तरीय एकल लोक गायन प्रतियोगिता आयोजना गर्न लागीएको आज पत्रकार सम्बेलन मार्फत जानकारी गराइएको हो। चैत्र ४ गते दिउँसो १२ बजे देखी कैलाली जनपुस्तकालयको हलमा उक्त प्रतियोगिता हुने राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपाल सुदुरपश्चिम प्रदेश अध्यक्ष पुर्ण प्रसाद भाटले बताए।उनले समाजका कुना कन्दरामा लुकेका कला प्रतिभालाई अगाडि ल्याउने हाम्रो उदेश्य रहेको बताए। जसले कला हुँदाहुँदै पनि स्टेज पाएका छैनन् त्यस्ता लुकेर रहेका प्रतिभालाई स्थान दिने प्रतियोगिता भएको उनको भनाई छ।

कार्यक्रममा लोक गायन प्रतियोगितासहित बृहत सांस्कृतिक कार्यक्रम हुने बताइएको छ। प्रदेशका ९ वटै जिल्लाबाट प्रतियोगीलाई सहभागी गराइनेछ। आफ्नो कला सँस्कृतिलाई देश र विदेशमा चिनाउने उदेश्य आफूहरुको रहेको प्रतिष्ठानका प्रदेश सचिव सूर्यविरही साउँदले बताए। नयाँनयाँ प्रतिभालाई स्थान दिन प्रतियोगिता गर्न लागिएको उनले बताए।

प्रदेशका प्रत्येक जिल्लाबाट १–१ जना गरी ९ जनाको सहभागिता हुने उनले बताए। प्रदेशस्तरीय एकल लोक गायन प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार नगद, ट्रफी र प्रमाणपत्र दिइने जनाइएको छ। यस्तै दितीयलाई २० हजार नगद, ट्रफी र प्रमाणपत्र, तृतियलाई १५ हजार नगद, ट्रफी र प्रमाणपत्र तथा सान्तोनालाई १० हजार नगद, ट्रफी र प्रमाणपत्र दिइने आयोजकले बताएको छ।
 

कमेन्ट लोड गर्नुस