सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आज शोक विदा

२०७९ फाल्गुन २९, १०:३० खबर संवाददाता

धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आज शोक विदा दिइएको छ।

नगरपालिकाको कृष्णपुर स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेव नर सिंह धामीको मृत्यु भएको शोकमा आज एक दिन विदा दिइएको हो। नगरप्रमुख हेमराज ओझाद्धारा जारी एक सूचनामा नगरपालिका कार्यालयबाट प्रदान गरिने सबै सेवा प्रवाह बन्द गरने उल्लेख गरिएको छ। सिनियर अहेव धामीको हिजो मृत्यु भएको थियो।

कमेन्ट लोड गर्नुस