सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा महिला अटोचालकहरु सम्मानित

२०७९ फाल्गुन २४, ११:२५ खबर संवाददाता

धनगढी: धनगढीमा महिलाअटो चालकहरु सम्मानित सम्मानित भएका छन्। सुदूरपश्चिम प्रदेश सरकारले आज ११३औैैैैैैैं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ६ जना अटो चालक महिलालाई सम्मानित गरेको छ। 

प्रदेश सरकारले एक विशेष कार्यक्रमको आयोजना गरी अटोचालक महिलाहरूलाई सम्मान गरेको जनाएको छ। सामाजिक विकास मन्त्रालयले नगद १० हजारसहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो। सम्मानित हुनेमा अटो रिक्सा चालकहरूमा भगवतीदेवी कुँवर, सविता चौधरी, छुटमनिया चौधरी, ईश्वरी नाथ, मिरादेवी चौधरी र वाग्मती दहित रहेका छन्।
 

कमेन्ट लोड गर्नुस