सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वविद्यालय सेरोफेरो 

२०७९ फाल्गुन १८, ०१:४४ खबर संवाददाता

आफ्नो दैनिक कामबाट छुटकारा पाइएपछि फुर्सदको समयमा केही अर्थविहीन शब्दहरूद्वारा फेसबुक लगायतका विद्युतीय प्रसारण गर्दा एकातिर मनमा लागेका जिज्ञासा र  खुल्दुलीहरू व्यक्त गर्न पाउँदा मनमा शान्तिको आभास हुन्छ भने, अर्कोतिर कता कता आफूलाई चित्त नबुझेका कुराहरू लेख्दै गर्दा कोरा शब्दरुपी कलमलाई विभीषणको उपमा पो पाइने हो कि भन्ने संकोचले मन भारी पनि नभएको भने होइन। 

तथापि नेपालको संविधान २०७२ को भाग ३ मौलिक हक र कर्तव्य अन्तर्गत धारा १७ को उपधारा २ खण्ड ९क० बमोजिम विचार र अभिव्यक्तिको स्वतन्त्रता र धारा १९ को सञ्चारको हक अन्तर्गत उपधारा ९१० बमोजिम विद्युतीय प्रकाशन, प्रसारण तथा छापा लगायतका जुनसुकै माध्यमबाट कुनै समाचार, सम्पादकीय, लेख, रचना वा अन्य कुनै पाठ्य, श्रव्य, श्रव्य(दृश्य सामग्रीको प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्न पूर्व प्रतिबन्ध लगाइने छैन भन्ने भावार्थबाट निसंकोच विचार र अभिव्यक्तिको स्वतन्त्रता र तथ्यपरक कुराहरू संप्रेषण गर्दा के नै फरक पर्ला र ? पाठकले विभीषणको उपमा किन देलान र ? जे जसरी बुझ्नु हुन्छ, सोहीअनुसार पृष्ठपोषण पाठक वर्गबाट पाउने पूर्ण भरोसाका साथ विश्वविद्यालय सेरोफेरोमा रहेर आजको लेखलाई विषयवस्तुमा समावेश गर्ने अनुमति चाहन्छु ।

नेपालमा सबैभन्दा पहिले सन् १९१८ मा त्रिचन्द्र कलेजको स्थापना गरिएको हो । त्यस समयसम्म नेपालमा उच्च शिक्षाको व्यवस्था थिएन, तबसम्म नेपालमा त्रिभुवन विश्वविद्यालयको स्थापना भएको थिएन । पहिलो तथा नेपालको पुरानो विश्वविद्यालयको स्थापना पश्चात् नेपालमा तत्कालिन महेन्द्र संस्कृत विश्वविद्यालयको स्थापना गरियो र त्यसको लगत्तै सन् १९९० मा काठमाडौँ विश्वविद्यालयको स्थापना भयो ।

त्यसपछि क्रमशस् पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयको स्थापना सन् १९९५ र सन् १९९६ मा गरियो । हाल नेपालमा थुप्रै कलेजहरु रहेका छन् जसले विद्यार्थीहरूलाई पठनपाठनको जिम्मेवारी बहन गर्दै आएका छन् ।  वि। सं। २०१६ सालमा त्रिभुवन विश्वविद्यालयको स्थापनासंगै वर्तमानसम्म देशमा धेरै विश्वविद्यालयहरू स्थापना भएका छन् । नेपालमा रहेका

विश्वविद्यालयहरूको सूची :
क्र.स. विश्वविद्यालयको नाम स्थान स्थापना वर्ष
१) त्रिभुवन विश्वविद्यालय कीर्तिपुर वि।सं।२०१६ साल
२_ काठमाडौँ विश्वविद्यालय धुलिखेल वि।सं।२०४८ साल
३) पोखरा विश्वविद्यालय लेखनाथ वि।सं।२०५४
४) पूर्वाञ्चल विश्वविद्यालय विराटनगर वि।सं।२०५२
५) नेपाल संस्कृत विश्वविद्यालय त्रिभुवननगर वि।सं २०४३
६) लुम्बिनी विश्वविद्यालय लुम्बिनी वि।सं। २०६०
७) मध्यपश्चिमाञ्चल विश्वविद्यालय वीरेन्द्रनगर वि।सं।२०६८
८) सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगर वि।सं। २०६७
९_ नेपाल कृषि तथा वन विश्वविद्यालय भरतपुर वि।सं।२०६८
१०) नेपाल खुला विश्वविद्यालय ललितपुर वि।सं। २०७३
११) राजर्षि जनक विश्वविद्यालय जनकपुर वि।सं। २०७४
१२) गण्डकी विश्वविद्यालय तनहुँ वि।सं। २०७६
१३) मनमोहन प्राविधिक विश्वविद्यालय मोरङ वि।सं। २०७६
१४) मधेश कृषि विश्वविद्यालय सप्तरी वि।सं। २०७८
 
सुदूरपश्चिम विश्वविद्यालय 
सुदूरपश्चिम विश्वविद्यालयको स्थापना वि। सं। २०६७ ९अगस्त २०१०० मा भएको हो ।

स्थापनाकालदेखि हाल सम्म यस विश्वविद्यालयले शैक्षिक क्षेत्रमा उल्लेख्य कार्यहरू गर्दै आइरहेको कुरालाई भने नकार्न सकिँदैन । कृषि, वनविज्ञान, ईन्जिनियरिङ्ग, मानविकी, व्यवस्थापन, शिक्षा, विज्ञान संकायहरू निर्विवाद सञ्चालन भइरहेका छन् । राज्यका मध्यम तथा निम्नवर्गीय जनताको शिक्षामा सहज पहुँचले गर्दा म लगायत म जस्तै सबै सबै गदगद छौं । यस्ता कार्यहरूको लागि म स्थापना कालका उपकुलपति प्रा। डा। जयराज अवस्थी, रजिस्ट्रार प्रा। डा। हेमराज पन्त ज्यू लाई ह्रदयदेखि नै नमन गर्न चाहन्छु । विश्वविद्यालयको विजारोपण देखि पाठ्यक्रम निर्माण, विश्वविद्यालयको रुपरेखा तयार गर्नमा निर्विवाद नेतृत्वको धेरै प्रशंसा गरेमा पाठक वर्गको म प्रतिको दृष्टिकोण फरक पनि हुन सक्छ ।

हाल विश्वविद्यालयका विभिन्न तह र तप्कामा रहेका पदाधिकारी ज्यू हरूलाई पनि नमन गर्न चाहन्छु । यसरी मैले लेख्दै गर्दा विश्वविद्यालयसंग सरोकारवालाहरूले पक्कै पनि यो लेखलाई अक्षरशस् पढ्नु नै हुनेछ भन्नेमा विश्वस्त छु ।

 सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसहरू बैतडीको जगन्नाथ बहुमुखी क्याम्पस, पाटन बहुमुखी क्याम्पस र मेलौलीस्थित मणिलेक बहुमुखी क्याम्पस, डोटीको उच्चाकोटस्थित सीताराम बहुमुखी क्याम्पस र जोरायलस्थित घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पस, बाजुराको नौबिसेस्थित बडीमालिका क्याम्पस र मार्तडीस्थित बाजुरा क्याम्पस तथा डडेल्धुराको जोगबुढामा रहेको त्रिवेणी बहुमुखी क्याम्पस रहेका छन् । यस्तै, कैलाली बहुमुखी क्याम्पस धनगढी, टीकापुर बहुमुखी क्याम्पस, अत्तरियाको दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस, बझाङको जयपृथ्वी क्याम्पस, दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पस र खलंगास्थित दार्चुला बहुमुखी क्याम्पस तथा अछामको जनता बहुमुखी क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयक आंगिक क्याम्पसका रुपमा रहेका छन् ।

विश्वविद्यालयको स्तरोन्नति तथा शैक्षिक गुणस्तर सुधारमा यो देशका सबै नागरिक समाज, राजनीतिक दल, समाजसेवी, बुद्धिजिबी, उद्योगी, व्यापारी, कृषक सबैको बराबरी जिम्मेवारी हुन्छ । मेरो पनि यसै विश्वविद्यालयसित माना जोडिएको हुँदा कुनै व्यक्ति विशेषलाई इंगित नगरी विश्वविद्यालयको ऐन, नियम, विनियम संग भने केही दिन यता मेरो बिमति रहदै आएको छ । ूसुन्दैन यदि सुन्नेले बोल्नेले मात्र गर्नु के, नाङ्गाको देशमा गई धोबी पाउँछ काम केू भने जस्तै विश्वविद्यालयका केही कमजोर पक्षहरूको समालोचनात्मक विश्लेषण गर्नु पनि सान्दर्भिक ठानेको छु । विश्वविद्यालयमा समनयोजन पूर्व उल्लिखित क्याम्पसहरू सामुदायिक क्याम्पसका रुपमा थिए । क्याम्पसको आफ्नै नीति नियम र विधान थियो । क्याम्पस सञ्चालक समिति थियो । शिक्षक कर्मचारीका सेवासुविधा, पदोन्नति निश्चित प्रक्रिया पूरा गरेर उपलब्ध गराइन्थ्यो । 

तर अहिले समायोजनको नाममा विश्वविद्यालयले सबैको आँखामा छारो हाल्ने काम गरेको छ । टाँठाबाँठाहरुलाई विभिन्न पदको लोभमा झगडाको औषधी मुखमा पानी भने जस्तै नबोल्ने बनाइ सकेको छ । हाम्रा साथीहरूको पदोन्नति रोकिएको छ । लोकतान्त्रिक गणतन्त्रमा पनि केन्द्रीकृत व्यवस्थालाई टेकेर विश्वविद्यालय अघि बढिरहेको छ ।

शिक्षक कर्मचारीहरुको न कार्यसम्पादन मूल्याङ्कन छ, न जागिरको सुनिश्चितता छ । नीतिनिर्मातहरूको ध्यान केन्द्रीय विश्वविद्यालयमा मात्र देखिन्छ । पाठ्यक्रम निर्माण, प्रश्नपत्र निर्माण, उत्तरपुस्तिका परीक्षण, समपरीक्षण लगायतका कार्यहरूमा कुनै किसिमको समन्वय छैन । अरुको अस्तित्वलाई पनि स्वीकार्ने परिपाटीको थालनी होस । मुखैमा आएको प्राध्यापक सङ्घको निर्वाचनलाई विभिन्न वहानामा स्थगित गरिएको छ । यथाशक्य समायोजन प्रक्रियालाई टुङ्ग्याइयोस, प्राध्यापक संघको निर्वाचन सम्पन्न गरियोस । यी मेरा विचारका वाणहरुले सम्बन्धित पक्षको घैंटोमा घाम लागोस ।

स्रोत सामग्री  

Far Western University

http://www.tribhuvan-university.edu.np/

मान सिंह धामी

उप: प्राध्यापक
कैलाली बहुमुखी क्याम्पस, धनगढी

कमेन्ट लोड गर्नुस