सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा आजदेखि हात्तीपाइलेको औषधी खुवाइँदै

२०७९ फाल्गुन ११, ०८:२३ खबर संवाददाता

धनगढी: कैलालीमा आजदेखि ११औं चरणको हात्तीपाइलेको औषधी सेवन अभियान सुरु हुने भएको छ। जिल्लाका १३ वटै स्थानीय तहहरुमा फागुन ११ गतेदेखि २५ गतेसम्म हात्तीपाइले विरुद्धको ११ औं चरणको आम औषधी खुवाइने सबै तयारी पूरा भएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।

स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा आज ११ बजेदेखि औषधि खुवाइने स्वास्थ्य कार्यालय कैलालीका हात्तीपाइले रोगका फोकल पर्सन मिनबहादुर धामीले बताए। कैलालीमा यो वर्ष १३ पालिकाको १२६ वडाका १४२ स्वास्थ्य संस्थाबाट औषधि खुवाइने फोकल पर्सन धामीले बताए। जिल्लाका ९ लाख २६ हजार ८८८ जनालाई औषधि खुवाउन पालिकाहरूले पालिका स्तरीय योजनाअनुसार काम गर्ने बताइएको छ।
 

कमेन्ट लोड गर्नुस