सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीसहित अन्य १४ जिल्लामा आजदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै

२०७९ फाल्गुन ११, ०७:२७ खबर संवाददाता

धनगढी: सरकारले हात्तीपाइले रोग प्रभावित कैलालीसहित अन्य १४ जिल्लामा आजदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाउँदै छ। सरकारले हात्तीपाइले रोग प्रभावित देशभरका १५ जिल्लामा आजदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाउँदैछ।

‘आम औषधि सेवा अभियान’ नाम दिएको सो अभियान १५ गतेसम्म चल्ने  स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ। प्रभावित १५ जिल्लामा स्वास्थ्यकर्मीहरूले जिल्लामा वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, सहकारी धार्मिकस्थल आदिमा बुथ राखेर औषधि वितरण गर्ने मन्त्रालयको भनाइ छ।

हात्तीपाइलेविरुद्धको औषधि सेवनले शरीरमा यो रोग गराउने परजीवी भए नष्ट गर्छ। मन्त्रालयका अनुसार दुई वर्ष पूरा भएका सबैले हात्तीपाइलेविरुद्धको औषधि खानुपर्छ। दुई वर्षभन्दा मुनिका बालबालिका, गर्भवती सात दिनसम्मका सुत्केरी, सिकिस्त बिरामीले यो औषधि खान नहुने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा यो अभियान शुरु हुन लागेको हो।

कमेन्ट लोड गर्नुस