कैलारीको ईलाइट कप फुटवलको उपाधि युवा जनहितलाई
धनगढीः कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ६ मा भएको इलाइट कप फुटबल प्रतियोगिताको उपाधि युवा जनहित क्लबले जितेको छ।
इलाइट युथ क्लवको आयोजनामा कैलारी गाउँपालिका वडा नम्बर ६ को बनकट्टा खेल मैदानमा प्रतियोगिता भएको थियो। प्रतियोगिताको फाईनलमा सुपर मुन अफ लेक क्लबलाई ३–२ ले हराउदै युवा जनहित च्याम्पीयन भएको हो।
युवा जनहितलाई च्याम्पीयन बनउनका लागि रोशन विक, निराजन धामी र कुवेर सिंहले एक÷एक गोल गरे। सुपर मुनका लागि शिशिर मगरले दुई गोल गरे पनि टीमलाई च्याम्पीयन बनाउन सकेनन्। फाईनल खेलको म्यान अफ द म्याच युवा जनहितका कुवेर सिंह भ । उनले नगद दुई हजार प्राप्त गरे।
ईलाईट कप फुटवल प्रतियोगिताको बिजेता बनेको युवा जनहितले नगद ७५ र उप बिजेता भएको सुमर मुनले नगद ३५ हजार पुरस्कार पाएको ईलाईट युवा क्लवका अध्यक्ष देवेन्द्र हमालले बताए। यस्तै प्रतियोगिताका विभिन्न विधाहरुमापनि युवा जनहितले नै कब्जा जमाएको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडी युुवा जनहितका सुशिल विक भए। उनले नगद ५ हजार प्राप्त गरे। यस्तै उत्कृष्ट गोलरक्षक युवाजनहितकै सन्दीप कडायत र सर्वाधिक गोलकर्ता युवा जनहितकै कुवेर सिंह भए। उनीहरुले नगद दुई दुई हजार प्राप्त गरे।
विजयी खेलाडीहरुलाई शनिबार एक समारोहका बीच पुरस्कार वितरण गरिएको छ । गत माघ २० गतेदेखि भएको प्रतियोगितामा १६ वटा टीमको सहभागीता रहेको थियो। पहिलो संस्करणको आयोजना पछि प्रतियोगितालाई निरन्तरता दिने क्लबले जनाएको छ। आगामी संस्करणमा नगद पुरस्कार बृद्धिसँगै राष्टिय खेलाडीहरुलाई पनि सहभागी बनाउने क्लबका अध्यक्ष हमालले जानकारी दिए।