एलपीएल : लोटस आइ अत्तरिया र नव बालबाटिका बौनिया विजयी
धनगढीः लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) अन्तर्गत आज (शनिवार)का खेमा लोटस आई स्कुल अत्तरिया र नव बाल बाटिका विद्या मन्दिर बौनिया विजयी भएका छन्।
आजको पहिलो खेलमा लोटस आई स्कुलले भुवनेश्वरी विद्या मन्दिर महेन्द्रनगरलाई ६ विकेटले पराजित र्गयो। भुवनेश्वरीले दिएको ६४ रनको लक्ष्य लोटस आईले १०।३ ओभरमा ४ विकेट क्षतीमा भेटायो। लोटस आईको लागि योगेन्द्र भाटले सर्वाधिक १८, आयुब चन्दले १२ तथा प्रेम शाहले १० रन बनाए। भुवनेश्वरीका बलर कैलाश ऐरले २ तथा विपिन धामीले १ विकेट लिए। टस जितेर ब्याटिङ गरेको भुवनेश्वरीले १२।५ ओभरमा ६३ रन बनाउँदा सबै विकेट गुमायो।
भुवनेश्वरीको लागि खगेन्द्र ठगुन्नाले २७ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
लोटस आईका बलर सन्तोष विजले एक्लैले ५ विकेट लिए। प्लेयर अफ द म्याच समेत घोषित उनले ३ दशमलव ५ ओभरमा मात्र ८ रन खर्चिए। वीरेन्द्र नाथ र हिक्मत महराले २-२ विकेट लिए।
शनिवारको दोस्रो खेलमा नव बाल बाटिका स्कुलले लिटल फ्लावर स्कुललाई ९ विकेटले पराजित र्गयो। लिटल फ्लावरले दिएको ९० रनको लक्ष्य नव बाल बाटिकाले १४।४ ओभरमा १ विकेट गुमाएर भेटायो। नव बाल बाटिकाको ब्याटिङमा नर बहादुर सार्कीले अविजित ४० तथा विराट सिंह भण्डारीले अविजित ३२ रन बनाए। दोस्रो विकेटको लागि नर र विराटले ८४ रनको साझेदारी गरे।
टस जितेर ब्याटिङ गरेको लिटल फ्लावरले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ८९ रन बनायो। उसको लागि नरेन भट्टले सर्वाधिक ३० रन तथा विपिन रावलले १९ रन बनाउनु बाहेक अन्यले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। नव बाल बाटिकाका बलर वीर बहादुर घर्ती मगरले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा १७ रन खर्चिए। नर बहादुर सार्कीले २ तथा प्रकाश जैसी र गजेन्द्र बोहराले १र१ विकेट लिए। वीर बहादुर घर्ती खेलको प्लेयर अफ द म्याच घोषित भए।
लिटल फ्लावर स्पोट्र्स एण्ड इभेन्ट्सको आयोजनामा फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लिटल फ्लावरका बोर्डिङ हाई स्कुल धनगढी कैलाली, श्री होली फेमली इ। मिडियम स्कुल भीमदत्तनगर कञ्चनपुर, शारदा विद्या निकेतन धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, नव बाल वाटिका विद्यामन्दिर बौनियाँ कैलाली, भुवनेश्वरी विद्यामन्दिर गड्डाचौकी कञ्चनपुर, वेष्टन क्रिष्टल एकेडेमी धनगढी, गुराँस एकेडेमी अत्तरिया कैलाली, सत्यवती एकेडेमी अत्तरिया कैलाली र लोटस आइ इ। सेकेन्डरी स्कुल अत्तरिया सहभागी छन् ।
फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् ।
विद्यालयमा लुकेर रहेका क्रिकेट खेलाडीहरूलाई बढीभन्दा बढी खेल एक्सपोजर दिन तथा उमेर समूहको क्रिकेटलाई विकास गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागेको आयोजकको भनाई छ ।
प्रतियोगिता धनगढी उपमहानगरपालिका धनगढी संरक्षक, लिटल फ्लावरका बोर्डिङ हाई स्कुल धनगढी प्रायोजक, वल्र्ड भिजन इन्टरनेसनल नेपाल ९नेपाली जुटौँ, बाल विवाह रोकौँ० अवेरनेस पार्टनर, आइएमइ पे प्लेयर अफ द म्याच प्रायोजक रहेको छ । त्यस्तै डिजिटल लर्निंग पार्टनरमा निमा एकेडेमी, हायर एजुकेसन पार्टनर टाइम्स इन्टरनेशनल कलेज डिल्लीबजार काठमाडौँ, कम्युनिकेसन पार्टनर नेपाल टेलिकम, सह प्रायोजक हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज काठमाडौँ, रनर अप प्रायोजकमा गुरुकुल एकेडेमी उत्तरबेहडी धनगढी रहेको छ ।
त्यस्तै अफिसियल गेट प्रायोजकमा धनगढी वाल पेपर सप्लायर्स एण्ड होम डेकोर, पब्लीकेशन पार्टनर ओशन पब्लीकेशन प्रालि, हस्पिटालीटि पार्टनर इमेज होटेल प्रा।ली धनगढी, सर्टिङ एण्ड सुटिङ पार्टनर गुरुजी सर्टिङ एण्ड सुटिङ धनगढी, प्लेयर अफ दी टुर्नामेण्ट प्रायोजक मालिकार्जुन हार्डवेयर प्रा।लि। अत्तरिया रहेको छ ।
त्यस्तै सहप्रायोजकहरुमा निष्ट फाउन्डेसन काठमाडौँ, के। आई। सिंह गाउँपालिका डोटी, हस्पिटल पार्टनर निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढी, स्किन केयर पार्टनर धनगढी स्किन केयर एण्ड एस्थेस्टिक सेन्टर धनगढी, सहप्रायोजकहरुमा चैतन्य पाठशाला धनगढी, जय मंगलम् सिमेन्ट प्राली युवा समाजसेवी विनोद शाही हाल अमेरिका, दाहाल पुस्तक पसल धनगढी, होटेल जियान हस्पिटालिटी धनगढी, उच्चाकोटी आर।एम।सी धनगढी , डिस्कभरि बोर्डिङ स्कुल धनगढी,सानभी बुक्स एण्ड स्टेशनरी धनगढी रहेका छन् ।
वेस्ट बलर प्रायोजक वरिष्ठ युवा समाजसेवी जयन्ती थापा हाल अमेरिका एजुकेसन कन्सल्टेन्सी पार्टनर एस। आ। जी।नेपाल काठमाडौँ, वेस्ट ब्याट्सम्यान प्रायोजक विद्या भूषण पब्लिक स्कुल मोहनपुर कैलाली ,सह प्रायोजक नवजीवन हस्पिटल धनगढी, समाज सेवी अर्जुनराज जोशी ९हाल कोरिया०, कामिक्षा देवी डेरी धनगढी र विशेष अटो मोटिभ्स (हिरो) धनगढी कैलाली रहेका छन् ।