लगानी सम्मेलन आजदेखि, सुदूरपश्चिमका साढे ४ खर्वका ६ आयोजना प्रस्तुत हुने (सुचि सहित)
लगानी सम्मेलन आजदेखि सुरु हुँदै छ। २ दिन सम्म सञ्चालन हुने लगानी सम्मेलनमा सुदूरपश्चिमका ६ आयोजनालाई प्रस्तुत गर्ने तयारी छ। सरकारका ४६ वटा र निजी क्षेत्रका १७ आयोजना गरि ६३ आयोजना देशभरबाट प्रस्तुत गर्ने तयारी भएकोमा सुदूरपश्चिमका भने ६ आयोजना मात्रै परेका हुन्।
झण्डै ५५ देशका लगानीकर्ताको सहभागितमा हुने लगानी सम्मेलनमा सुदूरपश्चिमका ४ खर्व ५४ अर्वका ६ आयोजना प्रस्तुत गरिने भएका हुन्। ४० मेघावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना, ७ सय ५० मेघावाटको पश्चिम सेती जलविद्युत आयोजना, १२ सय मेघावाटको पश्चिम सेती तथा एसआर सिक्स संयुक्त जलबिद्युत परियोजना, धनगढी क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल, एकिकृत कृषि पुर्वाधार परियोजना गोदावरी कैलाली र सुदूरपश्चिम परिवहन परियोजना गरि ६ वटा परियोजना लगानी सम्मेलनमा समावेश गरिने प्रवक्ता रिजालले बताए। ६ वटै परियोजनाका लागि ४ खर्व ५४ अर्व बढि लगानी आह्वान गरिने छ।
६ वटा परियोजनामा ५ वटा लगानी बोर्डले र माथिल्लो चमेलिया जलविद्युत आयोजना निजी क्षेत्रले पूर्व सम्भाव्यता अध्ययन गरी तयार परिएका आयोजना हुन्।