सुदूर नेपाललाई विश्वसँग जोड्दै

साफ यू–२० : उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

२०७९ माघ २६, ०६:१७ खबर संवाददाता

काठमाडौं: साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले आज बिहीबार आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा उपाधिका लागि घरेलु टोलीको सामना गर्नेछ।

नेपाल र बंगलादेशबीचको फाइनल खेल साँझ पौने ६  बजे सुरु हुनेछ। बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल उपाधि उचाल्ने योजनामा हुनेछ। तर, घरेलु टोलीविरुद्ध जित निकाल्न नेपाललाई सहज हुनेछैन। नेपालका मुख्य प्रशिक्षक यम गुरुङले फाइनलमा घरेलु टोलीलाई फाईदा हुने भएपनि कडा प्रतिस्पर्धा गर्ने बताए।

बंगलादेशका मुख्य प्रशिक्षक गोलाम रब्बानीले फाइनल प्रतिस्पर्धात्मक हुने बताए। राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो।

बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो। लिग चरणमा समेत नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा नेपाललाई बंगलादेशले ३१ ले हराएको थियो।

कमेन्ट लोड गर्नुस