सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनएमबी बैँकद्धारा कर्णाली माविलाई स्मार्ट डिजिटल बोर्ड हस्तान्तरण 

२०७९ माघ २५, ०९:०७ खबर संवाददाता

टीकापुर: एनएमबी बैँक लिमिटेड टीकापुर शाखाले कर्णाली मावि टीकापुरलाई स्मार्ट डिजिटल बोर्ड हस्तान्तरण गरेको छ। बैंँकल सामाजिक दायित्व अन्र्तगत विद्यालयको शैक्षिक विकासमा सघाउने उद्देश्यले डिजिटल बोर्ड हस्तान्तरण गरेको जनाएको छ । 

विद्यालयमा सोमवार आयोजित कार्यक्रममा बोर्ड हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहले प्रविधिमैत्री शैक्षिक विकासका लागि बैंँकले गरेको सहयोग सहनीय रहेको र आगामी दिनमा पनि सहयोगको अपेक्षा गरिएको बताए। उनले आफू १२ वर्ष कर्णाली माविको अध्यक्षका रुपमा काम गरेको स्मरण गर्दै आफू हुँदै डिजिटल बोर्डका लागि पहल भएको बताए।

बोर्ड हस्तान्तरण गर्दै बैँकका नायव कार्यकारी प्रमुख सुदेश उपाध्यायले बैँकले फाइदामात्र नभइ यहाँको समुदायमा सकारात्मक प्रभाव पार्न काम गरिरहेको बताए।  उनले एनएमबी बैँक देशभरिका बैँकहरुमा सफल ५ बैँकभित्र पर्ने बैँक भएको बताउँदै सबैको सहयोग रहेको बताए।


कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन लुहार विकले कर्णाली नमूना विद्यालयलाई उपहारस्वरुप दिएको बोर्डले विद्यालयका प्रशासनिक, शैक्षिक गतिविधि पारदर्र्शी गर्न सहयोग पुग्ने बताए। 

विद्यालयका प्रधानध्यापक धर्मराज शर्माले नयाँ प्रविधिसँगै बालबालिकाको पठनमा रुचि जगाउने, नयाँ अध्ययनका विषयबस्तु खोजी गर्न सहयोग हुने बताए। बोर्ड ३ लाख ८५ हजारमा खरिद गरिएको हो। बोर्ड हस्तान्तरण कार्यक्रममा बैंकका प्रदेश प्रमुख श्याम अधिकारी, कर्जा जोखिम व्यवस्थापक कमल न्यौपाने, क्षेत्रीय प्रवन्धक रमेशराज भट्ट, टीकापुर शाखा प्रमुख रमेश भाट लगायतको उपस्थिति थियो। 

कर्णाली माविमा २ हजार २ सय विद्यार्थी अध्ययनरत छन्।

कमेन्ट लोड गर्नुस