सुदूर नेपाललाई विश्वसँग जोड्दै

यूएसएआईडीले नेपाललाई साढे ७ अर्ब रुपैयाँ सहयोग गर्ने

२०७९ माघ २५, ०६:१४ खबर संवाददाता

काठमाडौं: अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) ले नेपाललाई पाँच करोड ८५ लाख अमेरिकी डलर अर्थात् साढे सात अर्ब रुपैयाँभन्दा धेरै रकम सहयोग प्रदान गर्ने भएको छ।


दुई दिने नेपाल भ्रमणमा रहेका यूएसएआईडीका प्रशासक सामन्था पावरले नेपाल सरकार र नागरिकसँगको लोकतान्त्रिक साझेदारीमा यो रकम खर्च गरिने बताए। घोषणाको रकममध्ये चार करोड दुई लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको विकास उद्देश्य सम्झौताको एक अंश भएको नेपालमा रहेको संयुक्त राज्य अमेरिकाको दूतावासले जनाएको छ।

नेपालमा चुनाव भएसँगै सङ्घीयता सुदृढ गर्ने, महिला र सीमान्तकृत समुदायको समावेशीकरणलाई अगाडि बढाउने, युवाको सशक्तीकरण गर्ने र लोकतन्त्रले आफ्ना नागरिकका हितमा परिणाम ल्याउन सक्छ भनी देखाउने अवसर नेपालसँग रहेको प्रशासक सामन्था पावरले बताएका छन्।

नेपाललाई आफ्ना लोकतान्त्रिक उपलब्धि बलियो पार्न र नेपालीका निम्ति अझ बृहत् समृद्धि र उत्थानशीलता भित्र्याउन मद्दत गर्ने विश्वास लिइएको छ। 

कमेन्ट लोड गर्नुस