सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिपी अस्पतालको सहयोगमा लालझाडीमा स्वास्थ्य शिविर 

२०७९ माघ २२, १०:१६ खबर संवाददाता

धनगढीः धनगढीको सिपी अस्पतालको सहयोगमा कञ्चनपुरको लालझाडीमा स्वास्थ्य शिविर सम्पन्न भएको छ। अस्पतालको सहयोग र लालझाडी युवा कल्व–११ को आयोजनामा स्वर्गीय विष्णुबहादुर दानपालीको सम्झनामा शनिवार स्वास्थ्य शिविर सञ्चालन भएको हो।

प्रदेश सभा सदस्य वीरबहादुर थापाले उद्घाटन गरेको स्वास्थ्य शिविरमा ८५० जनाको निःशुल्क स्वास्थ्य चेकजाँच र औषधि वितरण गरिएको लालझाडी युवा क्लव–११ ले जनाएको छ। स्वास्थ्य शिविरमा ११० जनाको निःशुल्क अल्ट्रासाउण्ड र शल्यक्रिया गर्नुपर्ने बिरामीलाई शल्यक्रिया र प्रयोगशाला परीक्षण शुल्कमा २५/२५ प्रतिशत छुट गरिने सिपी अस्पतालका निर्देशक डाक्टर सिपी पाण्डेले बताए।
 

कमेन्ट लोड गर्नुस