धनगढीमा एलपीएलको सातौँ संस्करण सुरु, उद्घाटन खेलमा सत्यवती एकेडेमी विजयी
धनगढीस् कैलालीको धनगढीमा विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग ९एलपीएल० को सातौँ संस्करण सुरु भएको छ ।
शनिवार प्रतियोगिताको उद्घाटन खेलमा साबिकविजेता सत्यवती एकेडेमी विजयीभएको छ । लोटस आइइङ्लिस सेकेन्डरी स्कुलअत्तरियालाई २८ रनले पराजितगर्दै सत्यवतीले प्रतियोगितामाविजयी सुरुवात गरेको हो।
धनगढी स्थित फाप्लाक्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको सत्यवतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो । १ सय २७ रनको विजयीलक्ष्य सहित मैदानउत्रिएको लोटस आइले १७।३ ओभरमा सबै विकेट गुमाएर ९८ रन मात्रै बनाउन सक्यो । लोटस आइलाई आयुबचन्दले २३, प्रेम शाहले २२ र सुरेश रावलले १० रनको योगदानदिए । कसिलो बलिङ गरेका सत्यवतीकाजीत साउदले ४ ओभरमा १७ रन खर्चिए महत्त्वपूर्ण ४ विकेट लिए । अभिषेक कोइराला र प्रतिकश्रेष्ठले समान २र२ विकेट लिए ।
पहिलो पारीमा सत्यवतीकालागिगौतम केसीले अविजित ४८ र प्रतिकश्रेष्ठले २५ रन बनाए । बलिङ तथा ब्याटिङ दुवै तर्फ खराब प्रदर्शन गर्दा लोटस आई पहिलो खेलमै पराजितहुनुपरेको हो ।
लिटल फ्लावर स्पोट्र्स एण्ड इभेन्ट्सको आयोजनामाफागुन ६ गतेसम्म सञ्चालनहुने प्रतियोगितामाआइतबार अतरियाको गुराँस एकेडेमी र धनगढीको वेष्टन क्रिष्टल एकेडेमी प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा लिटल फ्लावर र कञ्चनपुरको होली फेमलीइङ्लिस मिडियम स्कुल भिड्ने छन् ।
उद्घाटन खेल अघि सुदूरपश्चिमकाप्रदेश प्रमुख देवराज जोशीले प्रतियोगिताको एक समारोहका बिच उद्घाटन गरेका हुन् । धनगढी उपमहानगरपालिका वडा नम्बर तीनकाअध्यक्ष राजबहादुर ऐरले ब्याटिङ तथाप्रदेशप्रमुख जोशीले बलिङ गरेका प्रतियोगिताको उद्घाटन गरेका थिए । सो क्रममा जोशीले खेलाडी तथा खेल क्षेत्रको विकासकालागिआधार तहबाटै खेलकुदलाई प्राथमिकतामा राखिनुपर्ने बताए । एलपीएल जस्ता प्रतियोगितालाई सरकारले पनिप्राथमिकतामा राख्नुपर्ने र त्यसकालागिआफ्नो तर्फबाट हुने सहयोगमा प्रतिबद्ध रहेका प्रदेश प्रमुख जोशीले बताए । उद्घाटन सत्रमा नेपालक्रिकेट सङ्घ क्यानका सुदूरपश्चिमअध्यक्ष हरि रेग्मीले फाप्लाक्रिकेट मैदाननिर्माण र लिटल फ्लावर प्रिमियर लिग जस्ता प्रतियोगितालाई सरकारले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । लिटल फ्लावर स्पोट्र्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले क्रिकेटको जग बलियो बनाउने यस्ता प्रतियोगिताप्रति सरकारको उदासीनता रहेको दुखेसो व्यक्त गरे ।
एलपीएलको यो संस्करण लिटल फ्लावरका बोर्डिङ हाई स्कुल धनगढी कैलाली, श्री होली फेमली इ। मिडियम स्कुलभीमदत्तनगर कञ्चनपुर, शारदा विद्यानिकेतन धनगढी, सैनिकआवासीयमहाविद्यालय तेघरी कैलाली, नवबाल वाटिका विद्यामन्दिर बौनियाँ कैलाली, भुवनेश्वरी विद्यामन्दिर गड्डाचौकीकञ्चनपुर, वेष्टन क्रिष्टल एकेडेमी धनगढी, गुराँस एकेडेमी अत्तरिया कैलाली, सत्यवती एकेडेमी अत्तरिया कैलाली र लोटस आइ इ। सेकेन्डरी स्कुलअत्तरिया सहभागी छन् ।
फागुन ६ गतेसम्म सञ्चालनहुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्रप्रदानगरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्रप्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार र प्रत्येक खेलको प्लेयर अफदीम्याचलाई २ हजार प्रदानगरिने आयोजकले जनाएको छ । प्रत्येकविद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् ।
विद्यालयमा लुकेर रहेकाक्रिकेट खेलाडीहरूलाई बढीभन्दा बढी खेल एक्सपोजर दिनतथा उमेर समूहको क्रिकेटलाई विकास गर्ने उद्देश्यसहितप्रतियोगिता सञ्चालन गर्न लागेको आयोजकको भनाई छ ।
प्रतियोगिता धनगढी उपमहानगरपालिका धनगढी संरक्षक, लिटल फ्लावरका बोर्डिङ हाई स्कुल धनगढी प्रायोजक, वल्र्ड भिजन इन्टरनेसनल नेपाल ९नेपाली जुटौँ, बालविवाह रोकौँ० अवेरनेस पार्टनर, आइएमइ पे प्लेयर अफ द म्याचप्रायोजक रहेको छ । त्यस्तै डिजिटल लर्निंग पार्टनरमानिमा एकेडेमी, हायर एजुकेसन पार्टनर टाइम्स इन्टरनेशनलकलेज डिल्लीबजार काठमाडौँ, कम्युनिकेसन पार्टनर नेपाल टेलिकम, सह प्रायोजकहिमालयन ह्वाइट हाउस इन्टरनेशनलकलेज काठमाडौँ, रनर अप प्रायोजकमा गुरुकुल एकेडेमी उत्तरबेहडी धनगढी रहेको छ ।
त्यस्तै अफिसियल गेट प्रायोजकमा धनगढी वाल पेपर सप्लायर्स एण्ड होम डेकोर, पब्लीकेशन पार्टनर ओशनपब्लीकेशनप्रालि, हस्पिटालीटि पार्टनर इमेज होटेल प्रा।ली धनगढी, सर्टिङ एण्ड सुटिङ पार्टनर गुरुजी सर्टिङ एण्ड सुटिङ धनगढी, प्लेयर अफदी टुर्नामेण्ट प्रायोजकमालिकार्जुन हार्डवेयर प्रा।लि। अत्तरिया रहेको छ ।
त्यस्तै सहप्रायोजकहरुमा निष्ट फाउन्डेसन काठमाडौँ, के। आई। सिंह गाउँपालिका डोटी, हस्पिटल पार्टनर निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढी, स्किन केयर पार्टनर धनगढी स्किन केयर एण्ड एस्थेस्टिक सेन्टर धनगढी, सहप्रायोजकहरुमा चैतन्य पाठशाला धनगढी, जय मंगलम् सिमेन्ट प्रालीयुवा समाजसेवीविनोद शाहीहाल अमेरिका, दाहाल पुस्तकपसल धनगढी, होटेल जियान हस्पिटालिटी धनगढी, उच्चाकोटी आर।एम।सी धनगढी , डिस्कभरि बोर्डिङ स्कुल धनगढी,सानभी बुक्स एण्ड स्टेशनरी धनगढी रहेका छन् ।
वेस्ट बलर प्रायोजकवरिष्ठ युवा समाजसेवीजयन्तीथापाहाल अमेरिका एजुकेसन कन्सल्टेन्सी पार्टनर एस। आ। जी।नेपाल काठमाडौँ, वेस्ट ब्याट्सम्यानप्रायोजकविद्या भूषण पब्लिक स्कुलमोहनपुर कैलाली ,सह प्रायोजकनवजीवन हस्पिटल धनगढी, समाज सेवीअर्जुनराज जोशी ९हाल कोरिया०, कामिक्षा देवी डेरी धनगढी र विशेष अटो मोटिभ्स९हिरो० धनगढी कैलाली रहेका छन् ।