कञ्चनपुर र कैलालीबाट लागूऔषधसहित एक युवती र दुई युवक पक्राउ
कञ्चनपुरः कञ्चनपुर र कैलालीबाट लागूऔषधसहित एक युवती र दुई युवक पक्राउ परेका छन्।
कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकी भाईरल रोडबाट अवैध लागूऔषध खैरो हिरोइन ०.५४ ग्रामसहित शुक्लाफाटा नगरपालिका–५ बस्ने २४ वर्षकी प्रियका सुनार र २१ वर्षका प्रबिण सुनार पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शनिबार भारतबाट नेपाल तर्फ पैदल हिडेरआईरहेको अवस्थामा चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको जनाएको छ।
यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–७ बाट अवैध लागूऔषध ब्राउनसुगर १३९ मिलिग्रामसहित सोही ठाउँ बस्ने १९ वर्षीय किरण राना पक्राउ परेका छन्। रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।