कञ्चनपुरमा एक जना मृत फेला
२०७९ माघ १७, ०६:३०
कञ्चनपुरः कञ्चनपुरमा एक जना मृत फेला परेका छन्। जिल्लाको बेदकोट नगरपालिका–५ धर्मपुर बिचफाँटाका ४० वर्षीय बसन्त राना मृत फेला परेका हुन्।
राना आफ्नै घरको बरण्डामा मंगलबार मृत अवस्थामा फेला परेका छन्।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस