सुदूर नेपाललाई विश्वसँग जोड्दै

लालझाडीमा पशुपति शिक्षा मन्दिरको नव–निर्मित भवन उद्धघाटन

२०७९ माघ १६, ०६:३८ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको लालझाडी गाँउपालिका–१ मा पशुपति शिक्षा मन्दिरको नव निर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ। राउण्ड टेबल नेपालले झण्डै १५ लाख खर्चेर चार कोठे पक्की भवन निर्माण गरेको हो। 

विद्यालय भवनको आइतबार सुदूरपश्चिम प्रदेश सभा सदस्य वीरबहादुर बहादुर थापाले उद्घाटन गरेका छन्।  

राउण्ड टेबल नेपालका नेशनल एक्जुकेटिभ काउन्सिल मेम्बर सज्जन अग्रवालले राउण्ड टेबल नेपालले देशभरी ५८ वटा विद्यालय भवन निर्माण गरेको जानकारी गराएका छन्। 

विद्यालय भवन निर्माणको अगुवाई गर्ने राउण्ड टेबल नेपाल धनगढी–अत्तरिया–२९ का पूर्व अध्यक्ष राहुल बंशल र निर्माणमा सहयोग गर्ने सबैलाई अग्रवालले धन्यवाद दिएका छन्। 

उनले ६८ देशमा फैलिएको राउण्ड टेबलका विश्वभरी २८ हजारभन्दा बढी सदस्य रहेको जानकारी गराए।

कमेन्ट लोड गर्नुस