सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकालीमा २० जना मजदुर फसेपछि...

२०७९ माघ १६, ०२:०३ खबर संवाददाता

धनगढीः कञ्चनपुरको महाकाली नदीमा फसेका २० जना मजदुरको उद्धार गरिएको छ। भीमदत्त नगरपालिका–११ भुजेला स्थित महाकाली नदीमा फसेका २० जना मजदुरको कञ्चनपुर प्रहरीले आज उद्धार गरेको हो।

महाकाली नदीबाट बालुवा गिट्टी ल्याउँदै गरेका ८ वटा ट्याक्टरहरु वनबासा पुलका ढोका खोल्दा महाकाली नदीको बहाव अचानक बढ्न गएर नदीको बीच भागमा डुबेका थिए।

८ जना ट्याक्टर चालकसहित २० जना मजदुर महाकालीमा नदीमा डुबेको भन्ने खबर कञ्चनपुर प्रहरीले प्राप्त गरेपछि सकुसल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक चक्रबहादुर शाहले बताए।

वनबासा व्यारेज पुलसँग समन्वय गरेर पुलका ढोका बन्द गर्न लगाई ट्याक्टर, ट्याक्टर चालक र २० जना मजदुरलाई सकुसल उद्धार गरिएको उनले जानकारी गराए। 

इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीली महालीमा फसेका मजदुरहरुको उद्धार गरेको हो। कुनै मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ। नेपाली प्रशासनलाई कुनै जानकारी नदिइ भारतीय पक्षले सोमबार ब्यारेजको ढोका खोल्दा महाकालीमा पानीको बहाब बढेर ट्याक्टर सहित मानिस फसेको थिए। 
 

कमेन्ट लोड गर्नुस