सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा बन्दुकसहित एक जना पक्राउ

२०७९ माघ १३, ०२:३१ खबर संवाददाता

धनगढीः  अछाममा बन्दुकसहित एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार चौरपार्टी गाउँपालिका वडा नम्बर ४ बाट बन्दुकसहित एक जना पक्राउ परेका हुन्। उनको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन।

भरुवा बन्दुक मर्मतका लागि ल्याएको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो। सिउडी प्रहरी चौकी अछामले नियन्त्रणमा लिएका उनलाई हातहतियार मुद्दामा अनुसन्धान थालिएको अछाम प्रहरीले बताएको छ।
 

कमेन्ट लोड गर्नुस