सुदूर नेपाललाई विश्वसँग जोड्दै

दीपेन्द्र स्वाँर स्मृति कप क्रिकेटः पञ्चोदय र नेपाल पुलिस विजयी

२०७९ माघ ७, ०८:५९ खबर संवाददाता

धनगढीः धनगढीमा जारी दीपेन्द्र स्वाँर स्मृति (डीसीए) कप क्रिकेटअन्तर्गत शनिवार भएको खेलमा पञ्चोदय मावि र नेपाल पुलिस क्लबले जित हात पारेका छन्। 

नेपाल पुलिस स्कुलले धनगढी नमुना स्कुललाई ३६ रनले पराजित गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०४ रन बनाएको थियो। उसका जनक विष्टले ३६, शंकर बोहराले १९ र सन्तोस बलमे १४ रन जोडे। धनगढी नमूना इलेन सिंहले ४, जीवन कार्की र सागर मल्लले समान २–२ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको धनगढी नमूना स्कुलले १४.१ ओभरमा सबै विकेट गुमाएर ६८ रनमात्रै बनाउँन सक्यो। धनगढीका किरण कार्कीले ३२ बलमा ५ चौकासहित २८ रन जोडे। त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन। पुलिसका प्रदीप सिंहले ४ विकेट लिए । खेलका म्यान अफ द म्याच पुलिसकै जनक विष्ट चुनिए।

शनिवार बिहान भएको अर्काे खेलमा वेस्टर्न क्रिस्टल एकेडेमीलाई एक विकेटले हराउँदै पञ्चोदयले रोमाञ्चक जित हात पारेको छ। टस जितेर पहिले ब्याटिङ गरेको पञ्चोदलयका आकाश चौधरीले २४ रन जोडे। ४६ बलमा उनले ४ चौका प्रहार गरेका थिए । यस्तै सुरज कडायतले १२, सन्देश पौडेलले १०, रोशन साउदले ७ तथा सुधांशु रावलले ५ रन थपे। वेस्टर्न क्रिस्छलका सुवास बुढा, तुलाराम ढाट र पुष्कर सापकोटाले समान २–२ विकेट लिए। 

जवाफी ब्याटिङमा उत्रिएको पन्चोदयले १५.१ ओभरमा ९ विकेट गुमाएर लक्ष्य भेटायो। उसका तुलाराम ढाटले १३, दीपेन्द्र साहले २३ र रोशन विकले ११ रन जोडे। पञ्चोदयका सुधांशु रावलले ४, सुरज कठायतले ३ तथा रोशन साउाद र पारस बुढाले १–१ विकेट लिए । खेलको म्यान अफ द म्याच पञ्चोदयका तुलाराम ढाट घोषित भए। 

माघ १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार पाउनेछ। यस्तै प्लेयर अफ द टुर्नामेन्टले ५ हजार नगदसहित डीसीएमा ४ महिनाको छात्रवृत्तिमा क्रिकेट सिक्न पाउने आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसीए)का व्यवस्थापक समुयल न्यौपानेले बताए। 
त्यसबाहेक वेस्ट बलर र बेस्ट ब्याटरले ३–३ हजार नगद र ३ महिनाको छात्रवृत्ति पाउनेछन्। 

डीसीएका पूर्व खेलाडी समेत रहेका दीपेन्द्र स्वाँरको सडक दुर्घटनामा निधन भएको थियो। आफ्नो छोराको स्मृतिमा परिवारले हरेक वर्ष क्रिकेट प्रतियोगिता गर्दै आएको छ। 

एकेडेमीका व्यवस्थापक न्यौपानेले स्कुललेभल देखि नै ग्रासरुट क्रिकेटको विकासमा योगदान पुगोस भन्ने हेतुले स्कुल स्तरीय प्रतियोगिता आयोजना गरिएको बताए। 

प्रतियोगितालाई एसपीए कलेज, गुरुकुल एकेडेमी, गुरुजी सपिङ एण्ट सुटिङ, सिभिल बैंक, नवजीवन हस्पिटल तथा सौराई स्क्वायरले प्रायोजन गरेका छन्। 

कमेन्ट लोड गर्नुस