सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश प्रमुख खापुङलाई आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन

२०८३ कार्तिक १७, ०३:०९ रासस

विराटनगर :  कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आर्थिक वर्ष २०८२/८३ को सातौँ वार्षिक प्रतिवेदन आज पेस गरे ।

त्यस अवसरमा प्रदेश प्रमुख खापुङले संवैधानिक अधिकारप्राप्त आयोगको वार्षिक प्रतिवेदन वैज्ञानिक एवं व्यवस्थित रहेको बताए । संविधानले निर्दिष्ट गरेका काम, कर्तव्य र अधिकारअनुसार आयोगले सूक्ष्म ढङ्गले काम गरिरहेको उल्लेख गर्दै उनले नेपालको भूगोलभित्र बसोबास गर्ने विविध जातजाति, भाषाभाषी, धर्म, संस्कृति र सभ्यता संरक्षणमा आयोगले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।

प्रदेश प्रमुख खापुङले राज्यले नागरिकप्रति समान व्यवहार, सामाजिक न्याय र समावेशिताको सिद्धान्त कायम राख्नुपर्ने धारणा राख्दै प्रतिवेदनका मर्म, सिफारिस र सुझाव सरकारले कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए।

आयोगका अध्यक्ष थापा मगरले नेपालको कुल जनसङ्ख्याको ३४ दशमलव ८७ प्रतिशत आदिवासी जनजाति रहेको जानकारी दिँदै उनीहरूमध्ये ६८ दशमलव नौ प्रतिशतले आफ्नै भाषा प्रयोग गर्ने गरेको जानकारी दिए । उनले प्रतिनिधिसभा र राष्ट्रियसभामा आदिवासी जनजातिको सहभागिताको अवस्था उल्लेख नभएकामा चिन्ता व्यक्त गर्दै उनीहरूको साक्षरता दर ७८ दशमलव २ प्रतिशत मात्र रहेको बताए । 
 

कमेन्ट लोड गर्नुस