सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा महिला टि–२० क्रिकेट प्रतियोगिता माघ ९ गते बाट हुने

२०७९ माघ ७, ०९:५४ खबर संवाददाता

बैतडी: बैतडीमा महिला टि–२० क्रिकेट प्रतियोगिता माघ ९ गते बाट हुने भएको छ। दशरथचन्द नगरपालिकाको आयोजनामा यहि माघ ९ गतेबाट नगरस्तरीय महिला टि–२० क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको हो।

दशरथचन्द नगरपालिकाको आयोजना तथा नगर खेलकुद विकास समितिको वार्षिक कार्यक्रम अन्तर्गत देहिमाण्डौँ स्थित निङ्गलाशैनी खेलमैदानमा क्रिकेट प्रतियोगित सञ्चालन हुने दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भुपेन्द्र चन्दले जानकरी दिएका छन्।

महिलाहरुको क्रिकेट प्रतियोगिता तर्फ रुची बढाएर दक्ष खेलाडी उत्पादन गर्ने हेतुले  प्रतियोगिता हुन लागेको उनले बताए। शहीद दिवसको अवसरमा प्रतियोगिताको आयोजना गरिएको बताइएको छ। आइसीसिको नियम र आइपीएलको आधारमा खेलाइने क्रिकेट प्रतियोगितामा प्रथम पुरस्कार  नगद २५ हजार, ट्रफि, मेडल र प्रमाण पत्र रहेको छ।

यस्तै द्धितिय पुरस्कार नगद १५ हजार, ट्रफि मेडल र प्रमाण पत्र रहेको दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष चन्दले बताए। प्रतियोगितामा ओमेन अफ द सिरिजलाई ३ हजार, बेष्ट बलर र बेष्ट व्याट्स ओमेलनलाई  १५÷१५ सय प्रदान गरिने  बताइएको छ। 

कमेन्ट लोड गर्नुस