सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा चरेश सहित दुईजना समातिए

२०७९ पुष २३, १२:१९ खबर संवाददाता

धनगढी: अछाममा चरेश सहित दुईजना समातिएका छन्।

जिल्लाको साँफैबगरबाट प्रहरी नायव निरीक्षक दिलिप सिँह बि.सी.को कमाण्डमा खटिएको टोलीले गोप्य सुचनाको आधारमा घर खानतलासी गर्दा बाजुरा बुढीन्दा नगरपालिका १० पाण्डुलसेन घर भई हाल साँफैबगर नगरपालिका वडा नम्बर ३ टोटासालमा  भेडाबाख्रा पालन गर्दै आएका मिङमार थापाको छोरा ६० वर्षीय लाक्पा थापाबाट ८३८ ग्राम र थोक दोर्जेको श्रीमती ३५ वर्षीया धम्ब चेतोबाट १७८ ग्रामगरी जम्मा १०१६ ग्राम लागुऔषध चरेस सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

दुवैजनालाई नियन्त्रणमा लिई थप अनसुन्धान भइरहेको प्रहरीले बताएको छ।
 

कमेन्ट लोड गर्नुस