सुदूर नेपाललाई विश्वसँग जोड्दै

रेडियो नेपाल सुदूरपश्चिमको आधुनिक गीत प्रतियोगितामा अर्जुन बसन्त प्रथम

२०७५ चैत्र ११, ०७:०८

रेडियो नेपालको ६९ औँ बार्षिकोत्सवको अवसरमा खुल्ला आधुनिक गीत प्रतियोगिता सम्पन्न भएको छ। रेडियो नेपालको सुदूरपश्चिम प्रादेशिक प्रशारण केन्द्रको ६९ औ बार्षिकोत्सवको अवसरमा आयोजना गरिएको आधुनिक गीत प्रतियोगितामा अर्जुन बसन्त प्रथम भएका छन्। उनले १० हजार नगद पुरस्कार पाए। उनले गाएको गीतको सर्जक तेज पुरुष हुन्। उक्त गीतमा संगित अर्जुन बसन्तले दिएका थिए।

द्धितिय तपेन्द्र तिखातरी भएका छन्। उनले गाएको गीतको सर्जक डिल्लिराज ओझा सर्मपण हुन्। उनले ७ हजार ५ सय पुरस्कार पाए। उक्त गीतमा संगित शिशिर सादकले दिएका थिए।  तृतिय  चेतराज फुलारा भएका छन्।  उनले गाएको गीतको सर्जक उनका काका हरिदत्त हुन्। उनले ५ हजार पुरस्कार पाए। प्रतियोगितामा १५ जनाको सहभागिता रहेको थियो। 

 

कमेन्ट लोड गर्नुस